Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजशिक्षाशिक्षक बर्खास्त गरेको भन्दै विद्यालयमा धर्ना

शिक्षक बर्खास्त गरेको भन्दै विद्यालयमा धर्ना

कोहलपुर ३२ साउन

बाँकेको बैजनाथ गाउँपालिका – ५ गुरुवागाउँ स्थित मदरसा गुलशने तैबा इसरारुल उलुम प्रा.वि अध्यापन गराईरहेका शिक्षकलाई बिद्यालय ब्यवस्थापन समितिले बिना कारण बरखास्त गरेको भन्दै आइतबार करिब १ सय जना स्थानीय अभिभावकहरुले बिद्यालय परिसरमा धर्ना दिएका छन् ।
२०६७ सालदेखी मदरसामा अध्यायपन गराउदै आएका रामसेवक थारुलाई
बिद्यालय ब्यवस्थापन समितिले बर्खास्त गरेको बताइएको छ बैजनाथ गाउँपालिका ५ का जननिर्वाचित वडा सदस्य हुकुमअलि जागाले शिक्षा शाखा सहितको मिलेमतोमा प्रक्रिया नै नमिलाएर स्थानीय ५५ जना अभिभावकहरुको किर्ते हस्ताक्षर गराएर जनप्रतिनिधि वडा अध्यक्ष अथवा सदस्य लाई पदेन सदस्य राख्नु पर्छ त्यो प्रक्रिया पनि पूरा नगरी । शिक्षक हटाएको बताए । अर्को कुनै पनि मुल्यांकन नगरी बिना कारण लकडाउन भएको दुरुपयोग गरि सुनियोजित
ढंगले अर्को शिक्षक राख्न पाउने कुनै प्राबधान नहुँदा नहुँदै र काम गरिरहेको शिक्षकलाई ३० महिनाको पारिश्रमिक नै नदिएर अर्को शिक्षक भर्ना गर्ने प्रयास बिद्यालय ब्यवस्थापन समितिले गरेको र सो प्रक्रिया कानुन सम्वत नभएकोले खारेज गरिनुपर्ने बताए ।
बिद्यालय ब्यवस्थापन समितिले अध्यक्ष मोहम्मद नाउलें असार १२ गतेदेखि साउन १४ सम्म एक महिना बिद्यार्थि भर्ना नगरेर सम्पर्क बिहिन भएपछि बरखास्त गरेको बता्रए । हामिसँग मिलेर जानुपर्नेमा झगडा गर्छन् हाम्रो बिरुद्ध पूरा गाउँ नै आउँछन् भने कसरी त्यही शिक्षकलाई निरन्तरता दिन सकिन्छ राहतको शिक्षकलाई समेत हटाउने अधिकार बिद्यालय ब्यवस्थापन समितिलाई छ राम सेवक थारु त निजि शिक्षक न हुन नाउले भने । तर बैजनाथ गाउँपालिका शिक्षा शाखा भने समिती गठन प्रक्रिया नै अधुरो भएकाले बिद्यालय ब्यवस्थापन समिति नै पुर्ण नभएको प्रतिक्रिया दिएको छ । जब समितिनै पुर्ण नभए उसले गरेका निर्णय लागू हुँदैन ।खाता खोल्न सिफारिस गरेतापनी शिक्षा शाखाले बैंक खाता रोक्का गरिएको छ ।
अब शिक्षा शाखाले के गर्छ
विधि सम्वत समिती भएन र बिना कारण शिक्षक बर्खास्त गर्न पाईदैन अब यहि कारण देखाएर बिद्यालय ब्यवस्थापन समितिले अध्यक्ष माथी अभिभावकहरुले जति समिती गठन गर्दाको अभिभावकमध्ये ५१५ अभिभावकहरुल बिद्यालय ब्यवस्थापन समितिले समितले गरेको काम चित बुझ्दो नभए बहुमत अभिभावकले अर्को समिति गठन गर्न पाउने हो ।कार्बाही गरेर बर्खास्त गरेरको शिक्षक कर्मचारीलाई बिद्यालय ब्यवस्थापन समितिले श्रोत खुलाएर तलब खुवाउने ब्यवस्था गराउने शिक्षा शाखा प्रमुख विश्वराज ढकालले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments