जाजरकोट:शिवालय गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले दलित जाति पुर्ख्यौली सिप बिकास कार्यक्रम अन्तर्गत शिवालय गाउँपालिका १ नम्बर वडा देखि ९ वडा सम्म कुल १८ जनालाई पौराणिक सिप बिकास गर्ने उदेश्यका साथ सामाग्री हस्तान्तरण गरिएको छ।
शिवालय गाउँपालिका उपाध्यक्ष निमित्त प्रमुख प्रशासकीय अधिकृत लगाएतले आरण ब्यवस्थापन सामाग्री लि घन हातेपङ्खा छानो छुवाउने पाता बितरण गरीएको छ।
यस्ताखाले कार्यक्रम बिगतमा पनि गरीएको थियो।जस्ले बिगतका दिनमा सामाग्री पाएकालाई नभएर नयाँ ब्यक्तिहरुलाई आरन सामाग्री बितरण गरीएको छ भने आगामी दिनहरुमा समेत यो कार्यक्रमलाई निरन्तरता दिने शिवालय गाउँपालिका उपाध्यक्ष गीता शाहीले बताउनुभयो ।
दलित सामुदायको पौराणिक पेशालाई संरक्षण एवं प्रोत्साहन गर्ने उदेश्यका महिला बालबालिका एवं जेष्ठ नागरिक शाखाको कुल ३ लाख ५० हजारको १८ थान घन १८ थान पङ्खा १८ थान ऐर्नो १८ जनालाई प्रतिब्यक्ती ५ पिस जस्तापाता बितरण गरीएको छ।
पौराणिक आरन पेशा गरेर गुजरा चलाईरहेका दलित समुदायको जिबनस्तर वृद्धि गर्न दैनिक आरनमा प्रयोग हुने सामाग्री उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत बाठाले जानकारी दिनुभयो।