बाँकेमा शुक्रबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा ल्यावमा गरिएको परिक्षणमा १६ जनामा संक्रमण देखिएको हो । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको ल्यावमा ७, मेडिकल कजेज कोहलपुरको ल्यावमा ७ र वागेश्वरी डाईग्नोष्टिक सेन्टरको ल्यावमा २ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये नेपालगन्जका ९ जना, कोहलपुरका ६ जना र बैजनाथका १ जना रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । त्यसैगरी बाँकेकै मेकिडल कलेज कोहलपुरको लयावमा गरीएको परिक्षणमा अन्य जिल्लाका ६ जनामा समेत संक्रमण देखिएको श्रेष्ठले बताए ।
यसैबिच शुक्रबार भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक संक्रमितको ज्यान गएको छ । भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराईरहेकी नेपालगन्ज वडा नं. ९ बाँकेगाउकी २५ वर्षिय युवतीको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनले भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिइएकी थिइन् । ३० गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् । उनलाई रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।