Saturday, November 23, 2024
spot_imgspot_img
HomeUncategorizedशेयर फिर्ता नदिँदा चुलिमालिका विरुद्ध पीडित द्वारा प्रहरीमा निवेदन

शेयर फिर्ता नदिँदा चुलिमालिका विरुद्ध पीडित द्वारा प्रहरीमा निवेदन

बाँके:बैजनाथ गाउँपालिका ५ बनकटुवामा संचालन रहेको चुलिमालिका कृषि सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यलाई शेयर रकम फिर्ता नदिएपछी सहकारी विरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन परेको छ।

चुलिमालिका कृषि सहकारीको शाखा कार्यालय कोहलपुर नगरपालिका ३ मदनचोक बाट आर्थिक बर्ष २०७३/०७४ सालमा ऋण लिंदा १०% शेयर कट्टि गरी ५ बर्षपछि फिर्ता हुने प्रबन्धक मोहन महतरासँग सहमति कार्यान्वयन नभएको पीडितको गुनासो रहेको छ।
५ बर्ष पछी शेयर रकम फिर्ता लिन जाँदा आज भोलि भन्दै विभिन्न बहानामा गर्दै अन्तमा सहकारीको साधारण सभा भएपछि मात्र पाउँने सहकारीका अध्यक्ष लगाएत कर्मचारीले भनेकोले आफुहरुले पाउँनेशेयर रकम फिर्ता गराईदिन ईलाका प्रहरी कार्यालय कोहलपुरमा सहकारी संस्थाका अध्यक्ष प्रबन्धक लाई झिकाई आवश्यक छलफल गराईदिन पीडित भिम बहादुर नेपालीले ईलाका प्रहरी कार्यालयमा निवेदन दिएका हुन्।
चुलिमालिका कृषि सहकारी संस्था लि.का सचीव प्रेम सुबेदीले यस बारे बोल्दै सहकारी ऐन अनुसार सहकारीमा लगानी गरेको शेयर रकम फिर्ता नहुने भएकोले अहिले शेयर हस्तान्तरण हुन्छ फिर्ता हुन्न । शेयर रकम फिर्ता हुन्न शेयर लगानी गरेपछि नाफा नोक्सान सबै शेयर सदस्यको दायित्व भएकोले शेयर सदस्यले लिनुपर्ने शेयर फिर्ता नगरेको र आगामी साधारण सभा पछि मात्र कुल नाफा नोक्सा सहित शेयर फिर्ता गरीने सचीव सुबेदीले बताउनुभयो ।

पीडित भिम बहादुर नेपाली भन्नुहुन्छ सहमति बिपरीत सहकारीले काम गरेको र आफ्नो शेयर र बचत रकम फिर्ता हुन पर्ने माग सहित भिम बहादुर परियारको बचत पासबुक पानसरा परियारको बचत पासबुक र अमृता परियार र भिम बहादुर परियारको ऋण पासबुक सहित ईलाका पुगेका पीडित परियार न्याय नपाए थप कानुनी उपचारमा आफु जाने नेपालीले बताएका छन् ।

सम्बन्धित सहकारीका सदस्यहरुले शेयर रकम फिर्ता नपाउँदा विभिन्न समस्याहरु देखा परेका छन् । चुलिमालिका एउटा सहकारी मात्र हैन यस्तै कयौं सहकारीहरुमा आर्थिक समस्या आएको पाईन्छ । सम्बन्धित संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बुझाउन नसक्दा समस्या आएको देखिन्छ । स्थानीय जनतालाई मालिक बनाउने उदेश्यले खोलिएका सहकारीहरुमा अहिले आर्थिक तरलता आएको छ। यस्तो आर्थिक तरलता लाई समयमै समाधान नगरे चुलिमालिका कृषि सहकारी एउटा प्रतिनिधि पात्र मात्र हो यस्तो समस्या समाधान गर्न सरोकार वाला निकाय र सहकारी बिच समस्याको समाधान निकाल्न जरुरी छ।अन्यथा भोलिका दिनहरुमा अन्य सहकारीहरुमा समेत यो समस्या आउन सक्ने सम्भावना देखिन्छ । सहकारी बिज्ञ सहकारी नेतृत्व र सरोकारवाला निकाय द्वारा समयमै समाधान गर्न आवश्यक छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments