यस गाउँपालिकाको कुल क्षेत्रफल १०२ वर्ग किलोमिटर रहेको छ। गाउँपालिका क्षेत्रसँग सीमाना जोडिएका ठाउँहरु पूर्वमा जानकी गाउँपलिका, पश्चिममा बर्दिया, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारतको सीमाना पर्दछ।
साबिकका राधापुर,सितापुर,उढरापुर, सोनपुर, रनियापुर र बागेश्वरी गाबिस मिलेर बनेको खजुरा गाउँपालिकामा मिश्रित बसोबास रहेको छ। वडा नम्बर ५,६,७ र ८ मा मधेसी बाहुल्यता बसोबास गर्दै आएका छन् । धार्मिक हिसाबले खजुरामा प्राय सबै धर्मप्रति आस्था राख्ने नागरिक बसोबास गरेता पनि प्राय हिन्दु र मुस्लिमको बाहुल्यता रहेको छ।खजुरा गाउँपालिका शैक्षिक हिसाबले मदरसा देखि विश्वविद्यालय सम्म खजुरा गाउँपालिकामा भएका कारण बाँके जिल्लाको उदाउँदो शैक्षिक हबको रूपमा बिकास हुँदै आएको छ।प्राय खजुराको ईतिहास पुरानो शहर भएतापनि अहिलेपनि ग्रामीण गाउँबस्तीमा बसोबास गर्ने नै धेरै छन् ।
खजुराको शिक्षामा यहाँका निजि बिद्यालयहरुले समेत ठुलो टेवा पुर्याउदै आएका छन् ।शैक्षिक स्तर माथि उठाउन सामुदायिक र निजि बिद्यालयहरुको ठुलो भुमिका रहेको छ।
स्थानीय सरकारले खजुरालाई शैक्षिक हब बनाउने १० बर्षे योजना सार्बजनिक गरेको छ। शिक्षाको गुणस्तर वृद्धि गर्न बिद्यालय मर्जदेखि शिक्षक सरुवा बाट कामको थालनी गरेको छ।
खजुरा गाउँपालिका भित्र संस्थागत बिद्यालय २१ वटा रहेका छन् ।सामुदायिक तर्फ कुल ४७ वटा सामुदायिक बिद्यालय तथा मदरसा रहेका छन् ।निजि बिद्यालय तर्फ पुर्ब प्राथमिक तहमा छात्रा ९०३ र छात्र १२४६ गरि कुल २१४९ बिद्यार्थी छन् ।
प्राथमिक तह १-५ तर्फ छात्रा १००० र छात्र १५०९ गरी कुल २५०९ विद्यार्थी अध्यनरत रहेका छन् । आधारभुत तर्फ ६-८ तह छात्रा ३२० छात्र ५५४ गरी कुल ८७४ विद्यार्थी छन् ।
माध्यमिक तह ९-१० छात्रा १४० छात्र २२७ गरी कुल ३६७ जना विद्यार्थी रहेका छन् ।
त्यसैगरी ११-१२ कक्षामा छात्रा २८ छात्र ५१ गरी कुल ७९ विद्यार्थी रहेका छन् ।भने संस्थागत विद्यालयहरुमा कुल ५ हजार ९ सय ७८ जना विद्यार्थी रहेका छन् ।
सामुदायिक बिद्यालय तर्फ पुर्ब प्राथमिक तहमा छात्रा ७०८ छात्र ८०८ गरी कुल १५१६ विद्यार्थी रहेका छन् ।
आधाभुत १-५ कक्षामा ३७२३ छात्रा ३५८९ छात्र गरी कुल ७३१२ विद्यार्थी रहेका छन् ।
त्यसैगरी आधारभुत ६-८ कक्षामा १५१८ छात्रा र १६४८ विद्यार्थी रहेका छन् ।माध्यमिक तह ९-१० कक्षामा छात्रा ९२८ र छात्र ९३२ गरीकुल १८६० विद्यार्थी रहेका छन् । त्यसैगरी माध्यमिक तह कक्षा ११-१२ मा छात्रा ७५८ र छात्र ८०३ गरीकुल १५६१ विद्यार्थी रहेका छन् ।कुल सामुदायिक विद्यालयमा छात्रा ७ हजार ६ सय ३६ छन् भने छात्र ७ हजार ७ सय ८१ गरी कुल १५ हजार ४ सय १७ विद्यार्थी सामुदायिक विद्यालयहरुमा अध्ययनरत छन् ।
सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा अध्ययनरत कुल छात्रा १० हजार २७ छन् । छात्र ११ हजार ३ सय ६८ विद्यार्थी सहित खजुरा गाउँपालिकामा यस शैक्षिकमा कुल २१ हजार ३ सय ९५ विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको छ। कृषि क्याम्पस र लुम्बिनी प्राविधिक विश्वविद्यालयको खजुरामा स्थापनाले पश्चिम नेपालकै शैक्षिक हव खजुरा बन्नेमा दुईमत छैन ।शिक्षा नै समाज रुपान्तरणका आधार बनेको छ।
आर्थिक बर्ष २०७९/०८० मा खजुराको शैक्षिक क्षेत्रमा उल्लेख्य भौतिक प्रगति भएको छ।स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकार बाट खजुराको शिक्षामा निरन्तर बजेट आएको छ। ज्ञानोदय नमूना माध्यमिक विद्यालय र जनता नमूना माध्यमिक विद्यालय बि गाउँले राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत करोडौं बजेट भित्र्याउन सफल मात्र भएका छैनन् । यी दुई विद्यालय नमूना घोषणा भएका छन् ।जनता माध्यमिक विद्यालयमा उच्च शिक्षा तर्फ कृषि संकायमा पठन पाठन शुरु भएको छ भने लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक शत्र २०८० का लागी भर्ना खोलेर प्रवेश परिक्षाको समेत तयारी गरेको छ। यसरी नै धार्मिक शैक्षिक संस्था मदरसा गुरुकुल प्राविधिक शिक्षा देखि लिएर उच्च शिक्षा हासिल गर्न खजुरा उपयुक्त स्थान हुने स्थानीय सरकारले दाबि गरेको छ।उच्च शिक्षाका लागी नै खजुरा क्याम्पस र ज्ञानोदय पब्लिक क्याम्पस समेत बिगत लामो समय देखि खजुरामा शिक्षा प्रदान गर्दै आएका छन् । आर्थिक बर्ष २०७९/०८० मा मात्र जनसेवा माध्यमिक विद्यालय पुरैनामा ४ कोठे भवन, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुराँसपुरमा २ कोठे भवन,जनसेवा माध्यमिक विद्यालयमा ४ कोठे भवन,पशुपति माध्यमिक विद्यालय घियामा भवन त्यसैगरी जनकल्याण माध्यमिक विद्यालय शान्तीपुरमा २ कोठे भवन र पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत जनता माध्यमिक बिद्यालय सन्तकुटिमा कृषि तरकारी फलफुलका लागी टनेल निर्माण भएका छन् ।
बिगत लामो देखि नै ज्ञानोदय नमूना माध्यमिक विद्यालयमा प्राविधिक धार तर्फ कक्षा ८ पास गरेका विद्यार्थीहरुलाई (९-१२)सिबिल सब-ओभरसियर पठन पाठन गराउँदै आएको छ।खजुरामा संचालनमा रहेका सामुदायिक निजि बिद्यालय र क्याम्पस सम्म स्थानीय जनशक्तिको नै प्रयोग भएको छ।
शिक्षा सबै ठाउँका लागि महत्वपूर्ण हुन्छ ।पालिकाको शैक्षिक इन्डेक्स राम्रो देखिए पक्कै पनि पालिका उत्कृष्ट बन्ने कुराको संकेत त्यसले गर्ने छ ।खजुरामा रहेका सामुदायिक र संस्थागत विद्यालयको अवस्था राम्रो रहने र ती विद्यालयहरुबाट गुणस्तरीय शिक्षा प्रवाह भए पालिकाले उत्कृष्ट जनशक्ति प्राप्त गर्ने छ । जसबाट पालिकालाई मात्रै होइन सिंगो मुलुकलाई फाइदा पुग्ने छ ।
खजुराको शैक्षिक अवस्था हेर्दा जिल्ला तहमा राम्रो नै देखिएको छ, माध्यमिक तहमा अध्ययनका लागि अझै करिब एक हजार विद्यार्थी खजुराभन्दा बाहिर जाने गरेको अवस्था अहिले पनि छ तर विश्वविद्यालय खजुरामा स्थापना भएसँगै अब उच्च शिक्षा हासिल गर्न अन्य शहर राजधानी र दोश्रो तेस्रो मुलुक जाने बाध्यताको अन्त्य हुने विस्वास गरिएको छ। अब खजुरामा विश्वविद्यालय संचालनमा आए बाहिर शिक्षा लिन जाने जनशक्ति यहीँ बस्ने छन् । भने अन्य जिल्लाहरु बाट समेत उच्च शिक्षाका लागी विद्यार्थी आउने छन् । जसले खजुरा मात्र नभएर पश्चिम नेपालको शैक्षिक अवस्थालाई देश बिदेशमा चिनाउने छ। रोजगारी सिर्जना गर्ने छ। स्थानीयहरुको हकमा आम्दानीको नयाँ श्रोत बन्ने छ।
अहिले खजुरामा सञ्चालनमा आएको बिएससी एजीको क्याम्पस तह र लुम्बिनी प्राविधिक विश्वविद्यालयले बि टेक इन आईटि र बि टेक ईन सिएस एन्ड एआई सञ्चालनले खजुरालाई नयाँ शैक्षिक गन्तव्यका रूपमा उभ्याएको छ । विश्वविद्यालय खजुरा आउनुमा सिंगो बाँके जिल्लाको लागि मात्र नभएर पश्चिम नेपालकै शैक्षिक हवको रूपमा स्थापना गर्न स्थानीय सरकार लागी परेको छ।पश्चिम नेपालका लागी यो एउटा सुनौलो अवसर बन्नेमा दुईमत छैन । शिक्षा क्षेत्र खजुरा समृद्धिको एउटा महत्त्वपूर्ण आधार स्थानीय सरकारको परिकल्पना पुरा हुने छ।