बर्दियाको प्रसिद्ध पर्यटकीयक्षेत्र ठाकुरद्धारामा ‘जंगल सेन्ट्रल प्लाजा रिसोर्ट’ सञ्चालनमा आएको छ । कोरोनाका कारण उत्पन्न परिस्थितीका कारण तत्कालकालागि आंशिक रुपमा मात्र रिसोर्ट संचालनमा ल्याईएको रिसोर्टका संचालक देवानन्द अर्यालले जानकारी दिएका छन ।

बाँकेको कोहलपुरमा पहिलो पटक पाँच तारे होटलको अवधारणा भित्राएका अर्यालले ‘ड्रिम प्रोजेक्ट’ का रुपमा ‘जंगल सेन्ट्रल प्लाजा रिसोर्ट’ संचालनमा ल्याएका हुन । तत्कालकालागि आंशिकरुपमा सन्चालन भएको उक्त रिर्सोट आगामी बैशाख १ गतेदेखि पूर्णरुपमा सन्चालन हुने बताईएको छ ।

आर्कषक इन्टरियर डिजाइन सहित निर्माण गरीएको अत्याधुनिक रिर्सोटले स्वदेशी तथा विदेशी पर्यटकको मन लोभ्याउने अपेक्षा गरिएको छ । अर्यालले मंगलबार सामाजिक संजाल फेसबुकमार्फत रिर्सोट सन्चालनमा आएको जानकारी दिदै सबैलाई निम्तो समेत दिएका छन् ।

ठाकुरबाबा नगरपालिका-६ लठुवामा करिब २ विगाह क्षेत्रफलमा २६ करोडको लागतमा निर्माण गरीएको सेन्ट्रल प्लाजा जंगल रिसोर्ट ठाकुरद्वाराकै पहिलो ‘ग्रीन होटल’ हो ।