Sunday, November 24, 2024
spot_imgspot_img
HomeUncategorizedसंविधान दिवशमा खजुरा गाउँपालिका नयाँ भवनमा प्रवेश

संविधान दिवशमा खजुरा गाउँपालिका नयाँ भवनमा प्रवेश

बाँके:खजुरा गाउँपालिका ले ९औं संविधान दिवसको अवसरमा खजुरा गाउँपालिकाकाे नयाँ प्रशासनिक भवन खजुरा बि गाउँ प्रवेश कार्यक्रममा सम्पन्न भएकाे छ।
नयाँ प्रशासनिक भवनमा गृह प्रबेशको विशेष पंन्चैबाजा कन्याहरु द्वारा कलस लिएर परंरागत पुजापाठ गरेर प्रवेश गरिएको हो।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक “तुफान” र उपाध्यक्ष मन्जु मल्लले शुभ साईतमा पुजा गर्नुभएको थियो ।
नयाँ प्रशासनिक भवनमा गाउँपालिकाको कामकाजमा निकै सहजता सम्पन्न हुने छ।अलग अलग ठाँउमा रहेका शाखाहरु समेत एउटा भवन बाट सेवा दिने छन् । यसरी नयाँ भवनको शुरूवात दशैं अगाबै सर्ने उद्घोष गरेका गाउँपालिका अध्यक्ष तुफानले स्थानीय नागरिकहरुलाई सेवा लिन सहज हुने छ बताउनुभयो। सेवाग्राहीलाई अझ बढी गुणस्तरीय
सेवाप्रदान गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पालिकाका कर्मचारीहरुलाई सेवा प्रवाह गर्न सहजता हुने गाउँपालिका अध्यक्ष तुफानले बताउनुभयो। अध्यक्षका अनुसार – लुम्बिनी प्राविधिक विश्वविद्यालय खजुराकाे कार्यालय तत्काल खजुरामा सार्नुपर्ने हुँदा खजुरा गाउँपालिकाकाे पुरानो भवन विश्वविद्यालयलाई उपलब्ध गराउने भएको छ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयले प्राविधिक तर्फ महङ्गो शुल्क तिरेर राजधानी र दोश्रो तेस्रो मुलुक जाने विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न बि टेक ईन आई टि र बि टेक ईन सिएस एन्ड एआई कक्षा संचालन हुनेछन् ।

खजुरा गाउँपालिकाले प्रशासनिक भवन बि गाउँ बाट सेवा दिने छ । विश्वविद्यालयलाई खजुरामा ल्याउने गत स्थानीय सरकारको निर्णय कार्यान्वयन सँगै बिकाशमा खजुराले कुनै सम्झौता नगर्ने यो संकेत पनि हो। अब विश्वविद्यालय खजुरा सार्ने बाटो खुलेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments