बाँके निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद का माननीय सांसद माननीय महेश्वर जंग गहतराजका सचिवालयका दिलिप सोनि ले सामाजिक सन्जाल फेसबुकमा पोस्ट मार्फत संसद चाहिदैन भन्दै गाउँ छिरेका माननीयहरु तपाईंहरुले नैतिकताको आधारमा राजिनामा दिएको खोइ त ? भन्दै आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फतयस्तो यसो भन्छन्
नेकपा एमाले का अध्यक्ष के पि शर्मा ओलिले संसद विघटन गरेर महान् काम गरे! यो संसद चाहिँदैन! ओलीले चाहेको बखत चुनाव हुन्छ !भन्दै टोलटोलमा भाषण गर्ने ओली दलका सदस्यले सांसद पदबाट राजीनामा दिनुपर्ने होइन र ? यिनीहरू कुन नैतिकताले संसद छिरेर कुन लोकतन्त्रको कुरा गर्दैछन् ? यसरी लोगो लगाउँदै भत्ता पचाएर संसद भवन छिर्दा लोक नै लज्जित हुँदैन र ? ७० वर्ष लामो लोकतान्त्रिक आन्दोलनमा ओली दल जत्तिको अलोकतान्त्रिक र नैतिक हराम कुनै दल थियो र ? आफैले २/२ पटक हत्या गरेको संसदमा पुगेर सभामुखमाथि फर्मान जारी गर्ने ? सभामुखले व्यवस्थापिकीय अधिकारको प्रयोग गरून्। ओली दल लोकतन्त्रको वाधक हो ! राष्ट्रियताको वाधक हो, संविधानको वाधक हो, सुशासनको वाधक हो, नैतिकता र सभ्यताको वाधक हो। देश विधिपूर्वक अघि बढ्नैपर्छ। आधुनिक राज्यमा १५ अौं शताब्दीको बर्बरता चल्दैन।
भनेर सामाजिक सन्जालमा लेखेका छन् ।संसद चाहिँदैन भनेका माननीयहरु नैतिकताको आधारमा राजीनामा दिनुस किन त्यहीँ संसद बाट आएको भत्ता खाएर संबिधान बिरोधि र अमर्यादित कुरा गरिरहनुभएको छ।
यो भनाई दिलिप सोनिको ब्यक्तिगत सामाजिक संजाल फेसबुक बाट लिईएको हो।