बिनोद थारु शनिबार ८ जेठ
रेशम चौधरीको तुरुप फालेर जनता सामाजवादी पार्टीले सत्ता नेतृत्व र सत्ता साझेदारीको लागि वार्गेनिङ गरिरहेको थियो। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र उनका दूतहरु जसपालाई सके फकाएर नसके फुटाएर भए पनि वहुमतले आफ्नो पक्षमा तान्ने उनै रेशम चौधरीको अर्को तुरुप फालिरहेको प्रत्यक्ष देखियो । रेशम चौधरी, लक्ष्मण थारु लगायत दर्जनौं निर्दोष थारुहरु काराबास जिवन बिताईरहेको छन उनीहरुको रिहाई पहिलो एजेन्डा भए पनि त्यो जासपको देखाउने दांत मात्र बुझियो, दुवै पक्ष रेशम चौधरीको प्लेकार्ड बोकेर एकअर्कालाई प्रलोभनमा पार्न घ्यू बेचुवा र तरबार बेचुवाको शैलीमा अगाडि बढिरहेको देखियो ।
रेशम चौधरी टिकापुर घटनाको सम्बन्धमा थरुहट थरुवन राष्ट्रिय मोर्चाका आयोजनामा गरेको कार्यक्रम जासपाका नेताहरु महन्त ठाकुर,राजेन्द्र महतो,डा. बाबुराम भट्टराई लगायतका नेताहरु खबरदारी पनि गरे तर सत्ता पक्ष र प्रतिपक्ष आफ्नो अनुकूलको ब्याख्या गरेर जासपाले थारु हरुलाई गुम्राहमा पर्न खोजेकै हो। जब नेपाली कांग्रेसका बरिस्ठ नेता राम चन्द्र पौडेल ज्यु, जासपाका नेता उपेन्द्र यदाब संग सम्बाद गर्न खोज्दा तब तब प्रधानमन्त्री के.पी. ओलीले जासपाकै नेता गण महन्त ठाकुर र राजेन्द्र महतोको मुखमा मस्क लगाई दिने गर्थे । महन्त ठाकुरको लाई प्रधानमन्त्रीको नाममा अर्को मादेशी नेता राजेन्द्र महतोले के.पी ओलीकै पछि दौरा सुरुवाल समाई राखी राख्थे । सर्वोच्चको फैसलाबाट पुनःस्थापना भए लगत्तै देश कोरोनाको चपेटामा परेर पुरै जनताहरु रोइरहे तर सरकार गिराउने बनाउने अर्थपूर्ण एजेण्डा अर्थात् विज्नेस सहितको बैठक बस्न सकेन । सत्ता पक्ष अर्थात् अहिले त ओली एमाले र नेपाली कांग्रेसले ठाकुर र महतो तथा उपेन्द्र बाबुराम खुशी पार्न पूजासामा तयार पारिरहेको जस्तो देखियो। वर्तमान गठित संसदको संरचना अनुसार जसलाई जसरी जोड्ने या फोड्ने जे गरे पनि ओली एमाले नै पहिलो संसदीय दल बन्ने समीकरणले देखाउँदै आयो र अन्त्यमा के.पी. ओली र बिद्या भण्डारी ले किर्ते जाल झेल गर्दै माध्यरातमा नेपालको संबिधान लाई मसानघाट पुरयाईरै छाडे । उता सांसदहरु सदनलाई विज्नेस दिन नसकेर होकि सरकारका प्रधानमन्त्रीले तत्काल सरकारबाट राजिनामा गर्नु पर्छ भन्दा भन्दै आज कालो दिनको रुप देखियो । तर सत्ताधारी दल नेकपा ओली पक्षका केहि निर्णयक क्षमता नभएका युबा नेता भनाउनेहरु आफ्नै दम्भमा हिडिरहेका छन। एकातिर ओलीको कुर्सी जोगाउन लाई मादेशी दलका नेताहरु रेशम माथिको राजनिती गरेर के.पी. ओलीले महन्त ठाकुर र राजेन्द्र महतो लाई दम्लो बलियो नभए पनि अल्झाएर राखेका मात्र थिए ।के.पी. ओलीले सजिलै महन्त र राजेन्द्र लाई बलझाउने जाल मात्र फाले। निकुञ्जका सेना ल्याएर थारुहरु माथि आक्रमण गर्न लगाउने के. पी. ओली सरकार रेशम चौधरी , लक्ष्मण थारु लगायतको मुद्दा फिर्ता गर्ने रे। कुरो नबुझेको संसद विघटनको दोस्रो मतियार महन्त ठाकुर र राजेन्द्र महतो पनि हुन। बिनोद थारु नेपाली कांग्रेस- महासमिति सदस्य, बाँके थारु कल्याणकारिणी सभा- सभापति, बाँके का अध्यक्ष हुनुहुन्छ ।