कुशल दलामी/बाँकेको खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष तिलकविर सुनार बिपन्न ,गरिब ,दिन दुखी एवं अनाथ ,असाहे लगायत बिरामी, बृद्ध सबै लाई सहयोग गर्ने माया गर्ने हरेक कार्यमा आफै सहभागी भै रात दीन नभनी लागि पर्ने ,आफ्नो वडा को सबै बिकास निर्माण कार्यमा प्रत्येक्ष स्वयं आफै खटिएर लागि पर्ने गरेका खजुरा ४ का वडा अध्यक्ष तिलक वीर सुनार बाँके जिल्ला मै उत्कृष्ट अध्यक्ष मध्ये पर्छन् । सुनारको हरेक क्षेत्रमा अग्रपन्तीमा नाम आउने गर्छ ,चाहे त्यो खेलकुद बारे मा होस ,चाहे त्यो मेला महोत्सव होस् ,या अन्य थुप्रै त्यस्ता सहयोग जो बिरामी भै थला परेका बिपन्न होस,चाहे ती अति गरिब हुन जस्ले आफु डाक्टर बन्छु भनी नाम निकाल्न सफल भएका प्रतीमा शर्मा जस्ता जेहेन्दार विद्यार्थी जसका निम्ति उनी स्वयं आफै ले पचास हजार रुपैया सहयोग गरि प्रतीमा शर्मा ,डाक्टर बनाउ भन्ने अभियान समेत चलाएका र सफल पनि भए !उनका थुप्रै यस्ता उदाहरणीय कार्य छ्न जस्ले खजुरा को पहिचान का निम्ति तीन पटक सम्म आफ्नै नेतृत्व मा खजुरा महोत्सव समेत चलाएका थिए ,जसका कारण देशका ठु ठुला कलाकारले खजुरा को परिचय पाए। यसै गरि खेलकुद तर्फ पनि उनी अब्बल अभिभावक को रुपमा परिचीत छ्न ,फुटबल खेल प्रतियोगिता को सफलता तर्फ पनि उनै को अध्यक्षमा रहेको न्यु डाँफे स्पोर्ट्स क्लब बाँके जिल्ला कै उत्कृष्ट क्लब मध्ये एक हुन सफल छ !उनकै पहल र सहयोग मा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता को पुरुष तर्फ को फुटबल खेल आफ्नो कमान्ड मा आफनै वडा र आफ्नो क्लबको मैदानमा प्रतियोगिता गराउन सफल भएका थिए ,उनले गरेका धेरै त्यस्ता उदाहरणीय सामाजिक कार्य छ्न जस्का कारण उनी अहिले देश भरमै चर्चा हुन पुगेका छ्न । यिनै यस्तै कार्य गरि चर्चा कमाएले हुन् सायद त्यही कारण पुर्ब सचिब भिम उपाध्यायले आफ्नो वालमा सुनारप्रती खुलेर प्रशसा गरेका छन् । त्यसैले यसो लेख्नु हुन्छ वहाँ ले —आगामी दिनहरु वहाँ को सदा सधैं सामाजिक कार्यमै दिन दुखी बिरामी एवं बिकास निर्माण का लागि निरन्तर रहोस् भन्ने हामी आशा अपेक्षा राख्दै हार्दिक बधाई एवं सफल राजनीति यात्रा को कामना गर्द्छौ।
नेपाल सरकारका पुर्ब सचिब भिम उपाध्याय ज्यु बाट उहाँको सत्यता र कामको प्रसंशा लुक्न सकेन र आफ्नो फेसबुक वालमा खुलेर प्रशंसा गरेका छन् ।के के गरेका रैछन त खजुरा गाउँपालिका ,४ का वडा अध्यक्ष तिलक वीर सुनारले रोड,बिस्तार ,जन्म दिनमा कर राजस्व छुट ,दिन दुखी लाई खाद्यान्न वितरण देखि लिएर अशक्त दिन दुखी गरिब असायहरुका मसिहा बन्दै छन् ।त्यसैले अब बुझ्नैपर्ने कुरा यो छ कि अध्यक्ष सुनारको जन्मदिन किनकी उनि त्यो दिन सरकारले लिने कर आफ्नो खल्ती बाट दिन्छन् ।कस्को समस्या के छ ? गर्न तयार छु भन्छन् र गर्छन् पनि आर्थिक कारण उपचार नपाएकालाई नितान्त आफ्नो खल्तीबाट सहयोग गरेर स्वास्थ बिमा समेत गरिदिएका उदाहरणहरु छन् ।
दिनप्रतिदिन चर्चाको शिखरमा छन् उदाहरण खजुरा ४ मा पर्ने भट्टराई चिया पसलको चोकलाई एक आध ब्यक्ति को मुखबाट ए त्यो चियापिउने खुरापाती चोक भनेको सुन्ने बितिकै त्यो चोकको नाम बौद्धिक मिलन केन्द्र नामाकरण गरे त्यतिमात्र नभएर आफ्नो ब्यक्तिगत खर्चमा निशुल्क वाईफाई जडान गरिदिए र त्यहाँ चियापिउन आउने युवाहरूलाई समेत एउटा मासिक बचत गर्ने समुहमा परिनत गरे ।
यसकारण पनि सधैं उच्च र उत्कृष्ट स्थान लिन सफल छन् कि यदि आफ्नो वडा को कुनैपनी ठाँउमा कसैलाई पनि समस्या पर्यो भने उनका सहकर्मी सदस्यहरु योगमाया खनाल,दल बहादुर बि सि,बल बहादुर कठायत र बिर्मा देबि सुनारनी सबै मिलेर सामना गर्ने गरेका छन् ।उनि भन्छन् मेरो सफलता हामी सबैको सफलताहो। सबैलाई गरेको प्रशसा हो । अध्यक्ष सुनार भन्छन् काम गर्ने जो कोहिलाई पनि हामिले अवसर दिनु पर्छ र अवसर दिएका पनि छौँ ।