Friday, November 22, 2024
spot_imgspot_img
Homeराष्ट्रियसभामुख द्वारा एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने निर्णय

सभामुख द्वारा एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने निर्णय

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने निर्णय गर्नुभएको छ ।

निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले एमालेले सिफारिस गरेका १४ जनालाई कारबाही गर्नु नपर्ने निर्णय सभामुख सापकोटाले गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।

एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरूलाई कारबाही गर्न नपर्ने सभामुखले बताउनुभएको सचिवालयले जनाएको छ ।

पार्टीको ह्विप नमानेको भन्दै यही भदौ १ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गर्नुभएको थियो । तर यसअघि नै सर्वोच्च अदालतले पार्टीको ह्विप नमानेकै कारण सांसदहरूलाई कारबाही गर्न नमिल्ने फैसला गरिसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments