Thursday, November 21, 2024
spot_imgspot_img
Homeराष्ट्रियसमाजवादी जागरण अभियान:२०८०को बाँकेमा सम्पुर्ण तयारी पुरा

समाजवादी जागरण अभियान:२०८०को बाँकेमा सम्पुर्ण तयारी पुरा

बाँके:नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको मेची-महाकाली जागरण अभियान २०८० बाँकेको कोहलपुर २४ बिहान हुने कार्यक्रम बारे सम्पुर्ण तयारी भएको नेकपा एकीकृत समाजवादी बाँकेको आयोजना एवं जिल्ला अध्यक्ष ईन्द्र बहादुर थापाको अध्यक्षता तथा नेकपा एकीकृत समाजवादी पार्टी सचीव हरी पराजुलीको प्रमुख आतिथ्यमा सम्पुर्ण तयारी पुरा भएको जिल्ला सचीव दिपक जि एम ले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ।
समाजवादी जागरण अभियान २०८० समाजवाद उन्मुख देशलाई बिकाश गर्न काम अनुसारको मूल्य र पुंजीबादीको बिकास संगै ब्यवस्था लोककल्याणकारी काम गर्नका निमित्त शान्तिपुर्ण अभियान सहित संबिधानको अधिनमा रही समृद्ध समाजवाद निर्माण गर्न समाजवादी अभियान थालनी गरीएको नेकपा एकीकृत समाजवादी सचीव हरि पराजुली ले बताउनुभयो ।

समुद्री मार्ग र रेलमार्ग नभएको कारण उद्योग स्थापना रोजगारी सिर्जना कृषि जन्यवस्तु स्वदेशी उत्पादन वृद्धि गर्नुका साथै सुशासन कायम गर्न भ्रष्टाचार महङ्गी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउन जागरण अभियान गरिएको नबिन नेपालको निर्माण गर्ने उदेश्यका साथ मेचीमहाकाली समाजवादी जागरण अभियान गरिएको नेता पराजुलीले बताउनुभयो।

समाजवादी जागरण अभियानमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल वरिष्ठ नेता पुर्ब प्रधानमन्त्री झलनाथ खनाल महासचिव घनश्याम भुसाल लगाएत नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता विभिन्न संगठनका प्रमुख पेशागत संगठनका प्रमुख प्रतिनिधि लगाएत जनवादी कलाकार सहित समाजवादी जागरण अभियान मंगलबार दाङको कार्यक्रमलाई सम्बोधन गरेर बेलुका ६:०० बजे कोहलपुर रोहिनिखोलामा बाँके जिल्लाका नेता कार्यकर्ताहरुले स्वागत गर्ने कार्यक्रम रहेको जागरण अभियान बाँके संयोजक अब्दुल हुंसैन खानले बताउनुभयो ।

यस्तो रहेको छ बाँकेमा समाजवादी जागरण अभियानको समयतालिका बुधबार बिहान १०:०० बजेसम्म विभिन्न संघ संगठनहरुसँग छलफल गर्न समय ब्यवस्थापन गरेको केन्द्रिय सदस्य एवं बाँके जिल्ला सह ईन्चार्ज अब्दुल हुंसैन खानले जानकारी दिनुभयो।बिहान१०:०० बजे न्युरोड कोहलपुरमा बृहत् सभालाई अध्यक्ष नेपाल लगाएत विभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।त्यसैगरी कोहलपुर नेपालगन्ज हुँदै दिउँसो १:०० बजे खजुरा गाउँपालिका ७ सोनपुरमा कोण सभालाई अध्यक्ष नेपालले सम्बोधन गरेर बुधबार दिउँसो ३:०० बजे समाजवादी जागरण अभियानको टाेली बाँके बाट बर्दिया प्रस्थान गर्ने नेकपा एकीकृत समाजवादी बाँके अध्यक्ष ईन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।
बाँकेको कोहलपुर नगरपालिका चौराहा देखि हाई स्कुल सम्म बजार क्षेत्र र नेपालगन्जलाई नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह कलम अंकित झन्डा र कम्युनिस्ट पार्टीको हसिया हतौडा अंकित झन्डाले नगर सजाउने देखि लिएर सम्पुर्ण ब्यवस्थापनको तयारी पुरा भएको छ ।बुधबारको कार्यक्रममा बाँकेका नेता कार्यकर्ता
लगाएत करिब ५ हजार स्थानीय जनताको सहभागी रहने संयोजक खानले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments