बर्दिया: मेचीदेखि महाकाली सम्म समाजवादी जागरण अभियान यात्राकाे पुर्व सन्ध्यामा गुलरियामा पत्रकार सम्मेलन गरि अभियानकाे सम्पूर्ण व्यवस्थापन तयारी सम्पन्न भएको प्रचार विभाग प्रमुख एवम् समाजवादी प्रेस संगठन बर्दियाका अध्यक्ष प्रतापकुमार गाैतमले बताउनुभयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) का बर्दिया इन्चार्ज लाेकमणि आत्रेयले अबकाे व्यवस्था समाजवादी व्यवस्था हुने भएकोले समाजवादका लागि जनता, शिक्षक र बुद्धिजीवीहरुकाे राय सल्लाह सुझाव लिएर पार्टीको तहमा विचार विमर्श हुनेबताउनुभएकाे छ। वहाँलेअभियानमाआउनु भएका सहभागीहरुलाई गुलरियाकाे कृष्णसार रिसोर्ट ,बिजयागेस्टहाउसमा बस्ने र खानाकाे लागि अखिल नेपाल किसान महासंघले व्यवस्थापनकाे जिम्मेवारी लिएको छ। मेचीदेखि महाकाली जागरण अभियानमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सम्मानित नेता पुर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताहरूले असाेज २४ गते मंगलबार दिउँसो ३ बजे गुलरियाकाे राधाकृष्ण चाेकमा सभाहुने भएकोले सम्पुर्ण उधाेगव्यापारी, मजदुर,किसान, वकिल, प्राध्यापक,शिक्षकहरुलाई आर्थिक ,भौतिक र नैतिक सहयोग गर्न अनुरोध गर्नु भएको छ । पत्रकार सम्मेलनमा जिल्लामा कार्यरत सञ्चारकर्मीहरु र स्थानीय मिडियाका संचालक तथा संञ्चारकर्मीहरुकाे उपस्थिति रहेको थियोे ।