Thursday, January 9, 2025
spot_imgspot_img
HomeUncategorizedसनातन धर्मको अन्तरक्रिया कार्यक्रमका लागी नेपालगन्जमा: गुरु जोसि

सनातन धर्मको अन्तरक्रिया कार्यक्रमका लागी नेपालगन्जमा: गुरु जोसि

बाँके जिल्लाको नेपालगन्ज स्थित वागेश्वरी मन्दिरको हलमा शनिबार सनातन धर्म महासंघ नेपालको कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा धर्मसत्ता र राजसत्ता बिचको घोल बनाएर राजनितीक पार्टीको भातृ संगठनको रूपमा धार्मिक संगठन बनाउने र योगिहरु, गुरुहरु, पार्टीको झण्डा बोकेर हिड्न नमिल्ने भएतापनी केही बिदेशीहरु धर्मको नाममा राजनीति गरेको हामिले देखेका छौँ ।
सनातन धर्म महासंघ नेपाल का महासचिव अभिषेक जोशीले भनेका छन् । हिन्दुराष्ट्र भन्दै मुस्लिम संघ, इसाइ संघ बनाउदै हिड्ने हरु देशको भावनासङ्ग खेलेको आरोप लगाउदै यस्तासङ्ग विश्वास गर्न नहुने र मतदान गर्न पनि नहुने कुरा अभियन्ता मित्रलाल सापकोटाले बताएका छन् ।
बागेश्वरी मन्दिर धर्मशाला हलमा झन्डै ६० जना र खजुरा ७ मा भएको कार्यक्रममा झण्डै २०० जनाको उपस्थित रहेको थियो ।
वेदको अनुयायी, वैदिक सनातनको पुजारी भएर जुडोकृश्चियनको उत्तराधिकारी मार्क्स, नेपाल र नेपालीत्वसङ्ग सरोकार नभएको लेनिन माओ र गान्धीको अनुयायी बन्नु जस्तो बिरोधाभास र लाजमर्दो कुरा केही नभएको निचोड कार्यक्रममा वक्ताहरुले राखेका थिए । भने हामी स्वाभामानी नेपालीले कुनैपनी धर्मको स्वार्था पुर्तिको लागि काम गरेको बुझ्न सकिन्छ ।यश बारे कदापि धर्म र पार्टीमा फरक छ भने सनातन धर्ममा फेर बदल गर्न मिल्दैन।धर्मको नाममा कुनै पनि राजनीतिक नगर्न गुरु अभिषेक जोसिले बताउनुभएको मित्रलाल शर्माले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments