बाँके:बैजनाथ गाउँपालिका ६ सम्झना स्थित रहेको सम्झना एलिट एकेडेमी बिद्यालयका बिद्यार्थीहरुले शुक्रबार आफ्नो एकदिनको खाजा नखाएर संकलन गरेको रकम बैजनाथ ६ एच गाउँ निवासी क्यान्सर पीडित गोकुला रेग्मी लाई ५ हजार २० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
शुक्रबार उक्त बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्र छात्राहरुले आफ्नो एकदिनको खाजाको पैसा जम्मा गरेर सहयोग गरेका हुन् । कक्षा सातका भाइ बहिनी रहेछन् । कक्षा ७ काअनिल सुनारको नेतृत्वमा सहयोग संकलन गरेर बिद्यालयका प्रिन्सिपल शुक्रराज शर्मा, कक्षा शिक्षक वकिल नेपाली तथा शिक्षक धनीराम चाैधरीले समेत एकदिनको खाजा बराबर आर्थिक सहयोग गर्नुभएको सुनारले बताए । क्यान्सर जस्तो प्राण घातक रोग बाट पीडितलाई आर्थिक सहयोग गरेर मानवताको उदाहरण झल्किएको छ।