पातलाे अग्लाे कद गँहुगाेराे वर्ण तेजिलाे अाँखा अलि ख्याउटे अनुहार सदाबहार पहिरनमा सजिने वीर बहादुर कामी ‘कामरेड संसारसेन पृथक’ सदाकाे लागि भाैतिक रुप परिवर्तन गरेर जानू भयाे । वहाँ भाैतिक रुपमा हामी माँझ नरहे पनि वहाँले क्रान्तिकारी बिचार हाम्राे सामु सँधैकाे लागि छाेडेर जानूभएकाे छ ।
२०३५ साल चैत ९ गते जाजरकाेट जिल्लाकाे लह गाविसकाे थाप्ला ग्राग्लीमा पिता नन्ने कामी र माता धनसरी बिककाे काेखबाट जन्मनु भएका कामरेड संसार सेन पृथक माईलाे छाेरा हुनुहुन्थ्यो ।
वीर बहादुर कामी ‘ क. संसारसेन पृथक’ संग मेराे पहिलाे भेट लहँकाे थाप्लामा भएकाे थियाे । २०५९ जेठ महिनामा माेडेल निर्माणकाे याेजनामा जिल्ला पार्टीले भेरी कर्णालीकै दक्ष र क्षमतावान कामरेडहरुकाे केन्द्रिकरण गरेकाे थियाे । कामरेड संसार त्यतिबेला डाेल्पाबाट सरुवा भएर अाउनु भएकाे थियाे । नवितम विचार, तर्कशिल क्षमता सृजनशिल साेच,सरल स्वभाव र सादगी जीवनशैलीका धनी कामरेड संसार सबै संग छिट्टै घुलमिल भैहाल्नु हुन्थ्यो । व्यक्तिगत सुख सम्पन्नता , बैभव र स्वार्थलाई तिलान्जली दिएर समाज रुपान्तरणकाे लागि दिर्घकालिन जनयुद्धको बाटाे राेजिसके पछि हाम्राे बहस तत्कालीन र दिर्घकालिन रुपमा दुष्मनमाथी विजय कसरी प्राप्त गर्ने भन्नेमै बैचारिक बहस हुने गर्दथ्याे । कामरेड संसार र मेराे बिच माेडेल निर्माणकाे याेजनामा लामाे सहकार्य भएकाे थियाे । राजनैतिक, सामाजिक, अार्थिक र साँस्कृतिक रुपमा अामुल परिवर्तनका खातिर मुक्तिकाे झण्डा उठाएर जनतामाझ हामीले देखाएका सपना र खाएका कसम पूरा गर्नेमा लामाे छलफल बहस हुन्थ्यो र शरिरमा एक थाेपा रगत र एक मुठ्ठी सास रहुन्जेल सम्मा बिचलित हुनेछैनाेै भन्ने प्रण गरेका थियाे । इतिहासलाई फर्केर हेर्दा गाउ वस्तिहरुमा हिडेका पाईलाहरु मेटिएका छैनन् जस्तो लाग्छ । बन्दुककाे माेहरी र खुकुरीकाे डाेब भित्र बीरताकाे गाथा काेरेर स्वर्णिम नेपाल, जनवादी गणतन्त्र नेपाल र बैज्ञानिक सम्यवादी समाज निर्माणका हाम्रा प्रतिबद्धता ताजै छन जस्ताे लाग्छ । गाउँ बस्ती
र झाेपडीहरुमा क्रान्तिका गित गाएका ती गुन्जनहरु अझै ताजै जस्ताे लाग्छ । जनताले हामी नयाँ नेपालका अभियान्तहरुलाई लाम लागेर स्वागत र बिदाई गरिरहेका ती लामहरु अझै उस्तै जस्ताे लाग्छ । कामरेड मण्डल, कामरेड संसार र कामरेड अाभाषसिहले सिर्केमा चेस खेलेकाे स्मरण अझै ताजै छ । अफसाेच ! अाज यी सबै क्षणहरु स्मृतिकाे पानामा सजिएका छन् ।
समय बित्दै गयाे क्रान्तिकाे बिकास र माग अनुसार भुगाेलमा काम गर्ने कैयाै कामरेडहरुकाे कार्यक्षेत्र बदलियाे । कामरेड संसार सेनामा जानुभयाे । शुरुमै कम्पनी कमिसारकाे जिम्मेवारी प्राप्त गर्नु भयाे । सेनामा गई सकेपछि हाम्राे भाैतिक भेट भने पातलाे हुँदै गएकाे थियाे ।
२०६२/०६३ काे जनअान्दाेलन पछि पार्टी र क्रान्तिमा अामुल रुपमै फरकपन देखा पर्याे । बृहत् शान्ति सम्झौता सम्पन्न भयाे । संविधान सभाकाे चुनाव पछि पार्टी सरकारमा गयाे जनमुक्ति सेनाकाे व्यवस्थापन, जनयुद्धका मुद्दाहरुलाई संस्थागत गर्ने सवालमा मुख्य नेतृत्व र अन्य नेतृत्व विचकाे बुझाई फरक पर्न थाल्याे । पार्टीमा अभिजात वर्गकाे उदय भयाे । सर्वहारा वर्गका कैयाै कामरेडहरु कालापहाड र खाडी मुलुकमा श्रम बेचेर जीवन धान्न बाध्य बन्नु पर्ने अबस्था अायाे । ईमानले हाेइन बेइमान नै भएर प्रगति गर्न खाेज्ने प्रवृति माैलाउन थाल्याे। “मनि मशल र मेडम” पद पैसा र प्रतष्ठाकाे दाउमा राष्ट्र र राष्ट्रिय स्वाधिनता साटिने सम्माकाे परिस्थिति सृजना हुन थाल्याे । दुष्मनकाे गाेलीबाट पराजित नभएका नेता कार्यकर्ता र याेद्धारु काठमाडौंका सुरा सुन्दरीकाे नशामा निमेशमै पराजित हुने स्थिकाे सृजना भयाे । जनताकाे नजरमा अाशाकाे दियाे बनेकाे पार्टी शान्तिकालमा व्यवस्थापन गर्न नसक्दा जनताकाे नजरमा बदनाम बन्दै गयाे । क्रान्तिकाे व्याख्या अा अाफ्नै तरिकाले हुन थाल्याे ।पार्टीमा विभाजन अायाे ।चुनावमा तेस्राे पार्टीकाे हैसियत कायम भयाे । पार्टी कमजाेर बन्दै गयाे । कार्यकर्तामा निराशा कुन्ठा खिन्नता पैदा भयाे । यसै क्रममा कामरेड संसार सेन पृथक सेक्युरिटी गार्डकाे भिसामा मलेशिया जानू पर्ने बाध्यता अाईलाग्याे । २०७६ साल जेठ ३० गते मेराे र संसारसेन बिच च्याटमा कुरा भयाे । नेपाली क्रान्तिले सेटव्याक खाएकाे बिषयमा लामाे बैचारिक कुरा समेत भयाे । नेतृत्वकाे बिषयमा वहाँले लामाे बिचार व्यक्त गर्नु भयाे ।मुलत : नेतृत्वबाट धाेका भएकाे निष्कर्ष वहाँकाे थियाे । त्यतिवेला भविष्यमा संगै बस्ने, सहकार्य गर्ने सम्माकाे भावनात्मक पक्षमा समेत कुरा भएकाे थियाे ।
२०७६ सालकाे फागुन ५ गते साँझ मेराे मेसेन्जरमा फाेन अायाे । मैले हेर्दा संसारसेन पृथककाे फाेन रहेछ ।बडाे उत्सुकताका साथ फाेन उठाए । करिव १८ मिनेट जति कुरा भयाे ।त्याे अावाज मेराे निम्ति अन्तिम बन्न पुग्याे ।
अहिले पनि मेराे कानकाे भित्तामा वहाँले राख्नु भएका बिचारहरु ठाेक्किहेकाे अनुभूति हुने गर्दछ । त्यति बेलाकाे फाेनमा कामरेड संसारसेन पृथक र मेराे बिच जातीय रुपमा नेतृत्वकाे बारेमा कुरा भयाे । वहाँले मलाई धेरै सुझावहरु दिनु भयाे । अहिले सम्मा सबै पार्टीले दलित समुदायलाई सताकाे भर्याङ मात्रै बनाएकाे बिचार राख्नु भएकाे थियाे । ” कपडा सिलाउदा सियाेकाे टुप्पाेले अाैलामा घाेच्दा , डकर्मिले काम गर्दा हथाैडाले अाैलामा थिच्दा र काठ चिर्दा अाराकाे दाँतले सिकर्मीकाे अाैलामा चिथाेर्दा चसक्क मुटु घाेच्दा त्यसकाे पिडाकाे महसुस याे समाजका कथित उपल्लाे जातका ठुलाबडा भनाउदा महाशयबाट हुन सक्दैन । वास्तविक रुपा पिडासंग साक्षात्कार त्यहि जाती वर्ग र समुदायबाट नेतृत्व गर्न सक मात्रै दलित समुदायकाे पिडाबाेध हुन सक्छ ।” दलितहरुकाे प्रगतिकाे बाटाेमा जातीयताका तिखा बिषाक्त काँडाहरुले भरिएका छन् । हाम्राे बाटाेमा रहेका अबराेधहरुलाई बेलैमा चिन्न सक्नु पर्छ भन्ने बारेमा कुरा भयाे । अब नेतृत्वकाे दावि नगर्ने हाे भने दलित अान्दाेलन कमजाेर बन्ने निष्कर्ष वहाँकाे थियाे ।
कामरेड सं