#सम्माननिय प्रधानमन्त्री ज्युलाइ मेरो खुल्ला पत्र#नबिन सुनार बहराइन#हिजो कोरोनाको कहरले लाखौं नेपाली युवाहरू नेपाल भित्रिए!हामिलाइ लाग्यो अब देश बन्छ!नेपाल को बाझो जमिनले न्याय पाउनेछ!तपाईंले पनि भाषण ठोक्नु भयो अब कुनै पनि नेपाली बेरोजगार युवाहरू बिदेशीनु पर्दैन भनेर!रोजगारका धेरै सम्भावनाहरु छन!हामी हाम्रो देश नेपाल मा गरिबी बेरोजगार युवाहरूलाई हामी रोजगार दिन्छौं भनेर हजुरले भनी रहदा म पनि साह्रै खुशी भएको थिए!बिडम्बना त्यो त हजुरको जोक्स पो रहेछ!सरकार मैले बुझ्नै सकिन!सात महिना बितिसक्दा पनि कुनै रोजगारी को विकल्प नदेखेपछी आज नेपालीहरु परिवार सहित सामुहिक आत्माहत्या गर्दैछन!के त्यो तपाईंको आखाले देख्दैन?हिजो कोरोनाकै कहरले भारतबाट लाखौं लाख नेपालीहरु ज्यान बचाउन भनेर घर फर्किए!परिवारको मायाले आफू कतै भारतमै मरिने हो कि भन्ने डरले!सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मी लाई हजार हजार घुस दिएर महाकाली नदिमा हामफालेर पौडीदै नेपाल आएका ती युवा को त्यो दिन अझै ताजै छ त्यो दिन सम्झदा त्यो समाचार अझै हेर्दा मननै खिन्न बन्छ!आज फेरि तिनै नेपालीहरु को घरमा खाने गास नभएपछि भोकले मर्नुभन्दा बरु रोगले नै मरिएला भनेर लाखौं को संख्यामा आज आजफेरी नेपालीहरु भारत तिर रोजगारी को लागि र यो पापी पेट को लागि भारत पस्दैछन!24घन्टा मा 90/95 हजारको संख्यामा कोरोना सरिरहेको भारतमा स साना ती बालबच्चा काखमा च्यापेर भारत पस्न बाध्य बनाउने को हो?त्यो दृश्य देख्दा कस्को मन नरोला!अझै हजुरले भन्नू हुन्छ समृद्ध नेपाल सुखी नेपाली?वा गफाडि प्रधानमन्त्री ज्यु!नेपालीहरु कुन अवस्थामा छन?कसरी खाएका छन? हजुरले कहिलै जान्ने कोसिस गर्नु भएन!बरु राहतका नाममा दस अर्ब देखाएर आफ्ना कार्यकर्ताहरुलाइ परिचालन गरि तीन किलो चामल दिएर तीस किलो को हस्ताक्षर गराएका गणतन्त्रका हिमायतीहरुलाइ लुट्न सिकाउने को हो?तपाईंको प्रधानमन्त्री रोजगार कार्यक्रम खोइ?के गर्दै छ त्यसले?अहिले देश मा यस्तो अनिकाल परेको बेला किन सर्प पाल्न 72 करोड छुट्टाउनु पर्यो?हजुरलाइ खाने ती सर्पहरु त दुई बर्ष पछि पाले पनि हुन्थ्यो होला नि?जनता भोकले मर्दैछन प्रधानमन्त्री ज्यु हजुर सर्प पाल्न तिर हुनु हुन्छ!वाह हजुरको बुद्धि!यता पहिरोले सयौंको संख्यामा ज्यान गुमाएका छन!उता बाढीले त्यस्तै घरबार बिहिन बनाएको छ!हजारौं टुहुरा भएका छन!कृषि क्रान्ति का गफ चुट्नु भो बिदेश बाट आएका पचास प्रतिशत युवाहरुलाइ कृषिमा निर्भर बनाउने भन्नू भो!तर रोपेको धानमा मल हाल्न सकेनन् किसानले!खै के गर्नु भो कृषि को लागि?कुनै एउटा गतिलो काम गरेको देखाओस सरकारले!तर नगरेको म हजार देखाउन सक्छु!उखान र टुक्काले मात्रै चल्दैन देश!हजुरको हरेक क्रियाकलाप मुतको न्यानो जस्तै साबित भएको छ!एकछिन लाई मात्रै न्यानो हुन्छ अनि एकछिनमा घिन लाग्ने हुन्छ हो त्यस्तै देखिएको छ हजुरको बिकास!तर हजुर मन्त्रालय अझै थप्ने र भागबन्डा मै रमाउनु भएको छ!हजुरलाइ फुर्सद नै छैन जनताका दुख पिडा सुन्ने किनभने यो भागबन्डा लगाउदा लगाउदा तिन बर्ष 6 महिना बितिसक्यो! तर पनि अझै भागबन्डा मिलेकै छैन!भागबन्डा मिलाउने मै पाच बर्ष को कार्यकाल सकिन्छ जस्तो छ!युवा शक्ति लाई कुनै पनि हालतमा नेपाल बस्न नदिने हजुरको चाल हो!जसरी पनि बिदेश लखेटने र रेमिटेन्स पनि खान पाइयो!अनि राजनीतिमा पनि दखल नगरे पछि आनन्दको संसारमा रमाउने उपाय बाहेक अरु केही हुन सक्दैन!तर अब त्यो सम्भव छैन किन कि सबै युवाहरू फर्कने छैनन् बिदेशमा!अब हजुरको लन्कामा आगो लगाउन लाई पनि केही युवा शक्तिहरु आज सडकमा छन!अहिले फेरि एउटा अर्को नया नाटक थपिएको छ रेल को!रेल नेपालमा आउनु अनि हामिले रेल को यात्रा गर्न पाउनु त राम्रो कुरा हो र बिकास को दृस्ठिकोण ले पनि जायज हो तर त्यो रेल के अहिले आवश्यक नै छ त?त्यसको भार देश ले थेग्न सक्छ?अर्को कुरा कुनै पनि आधारभूत संरचना नै तयार नगरी एक्कासि भारतबाट रेल ल्याएर के साबित गर्न खोजिएको हो?चन्द्रसम्सेर को पालामा बनेको रेलको लिक जिर्न अवस्थामा थियोे!त्यो पनि कम दुरिको लिक!संरचना नै तयार नगरी हजुरको छातिमा चलाउने हो रेल?बनाउनु पर्दैन?यता 84 करोड मा रेल भनेर गफ लगाइ रहदा!उता भारतका रेल मन्त्री प्युस गोयलले नेपाल लाई हामिले सहयोग दानमा दिएको भनिरहदा के बुझ्ने हामी नेपालीले?लिपुलेक कालापानी लिम्पियाधुरा संग रेल साट्यौ कि भनेर त्यसै अनुमान लगाउन सकिन्छ!कालापानी लिम्पियाधुरा लिपुलेक संग रेल साटेकाे होइन भने नेपालको क्षेत्रफल उल्लेख गरिएको पाठ्यसामग्री पाठ्यपुस्तक वितरणमा कुन शक्ति को खेल हो?होइन भने हजुरले भनेको रेल त चाइन देखि आउने भन्ने थियो त!एक्कासि भारत बाट कसरी आयो?हिजो चुनावी मैदानमा गरेका ती बाचा अनि हजुरको चुनावी घोषणापत्र मा उल्लेखित ती सम्पूर्ण कुरा हरु पूरा भए त? तीन बर्ष ६ महिना बितिसक्दा पनि नेपाली बेरोजगार युवाहरूलाई रोजगारी कहिले हुन्छ सरकार?के नेपाली युवाहरु सधै अरु देश मै गुलामी गर्नुपर्ने हो सरकार?एकपटक हजुरले आफ्नो घोषणापत्र हेर्नू होला पढ्नु होला!अनि स्मरण पनि गर्नु होला के साच्चिकै घोषणापत्रमा भने जस्तै देश मा बिकास भएको छ? या बिनास?जनताले दुइतिहाइ दिएर पठाएका थिए अब त बिकास हुन्छ कि भनेर हजुरलाइ!तर बिकासको सिन्को पनि भाचिएन उल्टो जनताको ढाड हजुरले भाची दिनु भो राज्य लाई ऋण बोकाएर अनि जनतालाइ कर बोकाएर!जनता राज्यको ऋण भार र सरकारले थुपारी दिएको कर को भारले अहिले भार थेग्न गाह्रो हुदा ढाड भाचिएको छ जनताको!बरु हजुरले त भ्रष्टाचार हत्याहिंसा बलात्कार जस्ता जघन्य अपराधले चरम गति लिदा पनि तिनै लाई बचाउ गर्न थाल्नु भो र यो सब हुनुमा कस्को दोष?हिजो गाउँ गाउमा सिह दरबार पुर्याउछु भन्नू भो!तर दरबार आफू संगै राख्नु भो!यता गाउँ गाउँमा सिह मात्रै पठाउनु भो र अहिले ती सिह हरुले भ्रष्टाचारमा पि एच डि गर्दै छन!यसकै लागि हो त लोकतन्त्र र गणतन्त्र?जनताले गणतन्त्र र लोकतन्त्र को आभास नै लिन पाएनन् सरकार के यहि हो हजुरले भनेको सुखी नेपाली समृद्ध नेपाल??