कोहलपुर १८ जेठ
बाँके जिल्ला नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले कोरोना खाद्यान्न सहयोग अभियान मार्फत मंगलबार बैजनाथ गाउँपालिका ५ जि गाउँ निवासी स्थानीय युवा समाजसेवी गौरब दहाल (सम्राट)द्वारा खाद्यान्न सहयोगका लागि १० बोरा चामल किन्न सहयोग हस्तान्तरण गरेको दहालले बताए ।
बाँके जिल्लामा कोरोना महामारीका कारण संकटमा परेका नागरिकलाई सहयोग गर्ने गरिएको छ।कोहलपुर स्थित सहिद स्मृति भवनमा खाद्यान्न संकलन गरि बितरण गर्ने गरिएको छ।
गौरब दहाल यश अघि पनि बैजनाथ गाउँपालिका ५ का स्थानीय बिपन्न परिवारका बृद्वहरुलाई कम्बल बितरण गर्नुभएको थियो । त्यसैगरि गत बर्ष प्रभात नमूना माध्यमिक बिद्यालयमा क्वारेन्टाइनमा फलफूल बितरण गर्नुभएको थियो।बिगतदेखी नै दु:खि पीडित परिवारका विभिन्न ब्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको छ।
मनकारी सम्राट यसरी नै निरन्तर सहयोग गर्ने समेत बताउनुभयो ।