Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजसम्सेरगंन्ज बजार तनावग्रस्त २ को मृत्यु, नियन्त्रणमा पुगेका डिएसपी खनाल घाइते

सम्सेरगंन्ज बजार तनावग्रस्त २ को मृत्यु, नियन्त्रणमा पुगेका डिएसपी खनाल घाइते

कोहलपुर

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ८ शम्शेरगञ्ज बजार तनावग्रस्त बनेको छ । सोमबार दिउँसो बसको ठक्करबाट दुई महिलाको मृत्यु भएपछि अहिले शम्शेरगञ्ज बजार अहिले तनावग्रस्त भएको हो ।
अहिले आन्दोलनमा उत्रिएका स्थानीयबासीले प्रहरीमाथि ढुङ्गामुढा गरिरहेका छन् । बसको ठक्करबाट राप्तीसोनारी गाउँपालिका– ८ बालापुरकी २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र सोही वडा शम्शेरगञ्जकी ३४ वर्षीया गिता चौधरीको मृत्यु भएको थियो ।
राप्तिसोनारी गाउँपालिका ८ परुवाखोला नजिक दिउँसो करिब १:४५ बजेतिर पुर्बपश्चिम महेन्द्र राजमार्ग बाट पश्चिमतर्फ आउँदै गरेको यात्रुवाहक बस ना ४ खा ७४४८ बस र बस चालक जिल्ला कन्चनपुर बस्ने बर्ष २५को निरज बहादुर लुहार र बस ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।

पीडित पक्ष द्वारा गरिएको प्रदर्शनमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रबिन्द्र खनालको दाहिने खुट्टामा चोट लागेको छ भने अन्य दुई प्रहरी जवान सामान्य घाईते भएका छन् ।मानव क्षती भएको आबेगमा स्थानीय आक्रोशित भए भने बाँके जिल्ला प्रहरी प्रमुखको निर्देशन अनुसार धेरै सम्ययम्त्ता अपनाउदै केही बेरको बाटो बन्दपछी नियमित आवत जावत गर्ने सवारी साधनहरु शुचारु भएको इलाका प्रहरी कोहलपुरले जानकारी दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments