बाँके जिल्लाको बैजनाथ गाउँपालिगा ५ नम्बर वडा गुरुवागाउँमा गत असोज २० गते गुरुवागाउँको थारु सामुदायको बरघर बृज बिहारी थारुको अध्यक्षतामा बसेको बैठकले २०४४ सालमा टिकाराम थारुको नाममा दर्ता भएको जग्गामा थारु समुदायले बिवाह र शुभ कार्यगर्नुभन्दा अगाडि पुजा गरिने धार्मिक प्रचलन भएकाले उक्त जग्गा देवताको नाममा नगरे टिकाराम थारुको परिवारलाई गाउँमा सामाजिक बहिष्कार (हुक्का पानी) बन्द गर्ने निर्णय गरेको छ।उता जग्गाधनी टिकाराम थारुको छोराहरु अलग भएपछि सम्पुर्ण सम्पती छोराहरूको नाममा दर्ता भएको छ।
उक्त मन्दिरको बिषयलाई लिएर बृज बिहारी थारु,प्रभु दयाल थारु,बैजनाथ थारु,लहानु थारु,रामसेवक थारु र हरिराम थारु लगाएतका गाउँका करिब ५१ जनाको उपस्थितिमा थारु समुदायको गाउँमा नेतृत्वकर्ता बरघरको नेतृत्वमा सो जग्गा हिन्दू सनातन धर्म मान्नेहरुको हो थारुको नाममा भएतापनी सार्वजनिक गर्नुपर्ने माग राख्दै तिनतहको सरकार गठन भएको २१ औं सताब्दिको युगमा स्वत निर्णय गरेर गाउँको चौकिदार द्वारा टिकाराम थारुको परिवारलाई सामाजिक बहिष्कार गर्नुपर्ने यदि नगरे समाजले त्यस्ता ब्यक्तिहरुलाई कार्बाही गर्ने भनेर गाउँमा चौकिदार मार्फत प्रचारप्रसार गरेको पाईएको छ।
नेपालको संविधान तथा कानुन अनुसार कुनैपनि नागरिकको सम्पत्ति सुरक्षाको ग्यारेन्टी गरिएको र उसको मन्जुरी बेगर कोहि कसैले सम्पत्ति अधिग्रहण गर्न नपाईने तथा हकभोगमा बाधा अबरोध गर्न नपाईने ब्यवस्था छ।तर गुरुवागाउँमा राजनीतिक रंग दिएर यस्तो गरेको स्पष्ट देखिन्छ ।जबकि २०४४ सालमा नाममा भएको जग्गामा गाउँलेहरुले थारु सामुदायको देउता पुजा गर्दै आएकोले गाउँलेहरुले त्यसरी ब्यक्तिको नाममा भएको जग्गामा कसरी पूरा गाउँको हक हुन सक्छ ?
पीडित टिकाराम थारु भन्छन् मेरो ब्यक्तिगत नाममा भएको सम्पत्तिमा धावा बोल्न पाउने अधिकार कसैलाई छैन ।यो मन्दिर स्थापना स्वयंम मैले नै ढ्ल्लिपुरबाट एउटा सानो ढुङ्गा ल्याएर गाउँमा भएको आफ्नो बगैचामा रहेको पिपलको रुखमुनि राखेर आफैमात्र पुजा गर्ने गरेको थिए पुजा गर्नलाई गाउँको अन्यमानिसहरु पनि आएर पछि बिस्तारै गाउँलेहरु समेत पुजा गर्न आउन थाले । अहिले केही ब्यक्तिहरुले राजनीतिक रंग दिएको पीडित लाई हरिराम थारु पेशाले शिक्षक हुन तर सामाजिक बहिष्कारको जस्तो कुरामा गाउँलेहरुलाई उक्साउने काम गरेका छन् जबकी एउटा शिक्षित ब्यक्तिले समाजमा भएका कलह मिलाउने हो ब्यक्तिको सम्पत्ति जबर्जस्ति मन्दिरको नाममा गर्न दर्ता गर्नपर्छ भन्ने कुनै अधिकार छैन ।
हरिराम थारु भन्छन्:कानुनी हिसाबले हामी कुनैपनी तरिकाले टिकारामको जग्गा मन्दिरको नाममा हुन नसक्ने भएपछि अन्तमा गाउँलेहरुलाई भेला गराएर सामाजिक बहिष्कार जस्तो निर्णय गरेका हौं । जब मन्दिरको नाममा जग्गा दिएपछि पुनःसामाजिक बहिष्कार फुकुवा गरिने बताउछन् ।
यसरी कसैको निजि सम्पतिमा सामाजिक बहिस्कारको नारा लगाएर सार्बजनिक जग्गा हुने त हैन होला तर पनि सामाजिक बहिस्कार गर्ने फेरि फुकुवा गर्ने भनेपछि खुल्ला नेपालको न्यायक्षेत्रलाई नै चुनौती दिने काम गरेको देखिन्छ । अब के तीन तहको सरकार हुंदाहुदै गाउँको एउटा बरघरले निर्णय गरेर कानुन बिपरित सामाजिक बहिस्कार गर्न मिल्छ त ?
स्थानीय मोहम्मद अब्दुल लकिर भन्छन् अरुको नाममा भएको जग्गा कसैले जबर्जस्ति गर्न मिल्दैन दुईचार जनाले सामाजिक बहिस्कार भरेर केही हुनेवाला छैन । मन जितेर जग्गा दिनुस मन्दिरलाई आवश्यक छ भनेपछि जग्गा दिनेनदिने जग्गा धनिको बिषय हो यो बारेमा गाउँका केही ब्यक्तिहरुले राजनीति गर्न खोजेका छन् त्यो गलत हो यसरी ब्यक्तिको सम्पत्ति पानी बारेर मन्दिरको नाममा गराउने दिवा सपना हो जो कहिल्यै पूरा हुने सम्भव देखिदैन।
स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष मन बहादुर खत्री भन्छन् :केही समय अगाडि देव रावत र स्वयंम वडा अध्यक्ष उक्त स्थानमा गएर केही जग्गा दिन आग्रह गरेपछि सहमति अनुसारको जग्गा दिए मात्र सहमति हुनसक्छ ।हैन यसरी सामाजिक बहिष्कार गर्नु गलत हो तर सामाजले नै निर्णय गरेकोमा समाज नै जिम्मेवार हुन्छ।