जाजरकोट
बुधबार १० फागुन
जाजरकोट जिल्लाको कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मामा दैनिक सेवा लिन आउने सेवाग्राही आवतजावत गर्न सरुखोलामा पुल नहुँदा स्थानीय नागरिकलाई सास्ती भोग्न परेको छ।
कुशे गाउँपालिका वडा नम्बर ६ भार्मा बाट सेवा शुरु गरेको चौंथो बर्ष प्रवेश गरेतापनि सडकको अवस्था नाजुक पाईएको छ। हालसम्म पनि प्रशासनिक केन्द्रमा विद्युतको पहुँच पुग्न सकेको छैन।
कुशे गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने सरुखोलामा पुल नहुँदा स्थानीयले सास्ती भोग्नु परेको हो।
मुख्य प्रशासनिक केन्द्र कुशे गाउँपालिका ६ भार्मामा सेवा लिन आउने जाने स्थानीय नागरिकले सास्ती भोग्न परेको हो।