बाँके:नेपालगन्जको नेपाल भारत सिमामा स्थित रहेको नम्बर ३० गण सशस्त्र प्रहरी बल नेपाल महेन्द्रनगर का सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर खत्रीको कमान्डमा खटिएका सशस्त्र प्रहरी द्वारा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अबैध सामाग्री सहित भारतीय नम्बर प्लेटका मोटरसाईकल पक्राउ गरेको छ।
उक्त मोटर साईकल र अबैध सामान सोमबार दिउँसो करिब ११:०० बजे भारत बाट नेपाल तर्फ भन्सार छली गरि अबैध रुपमा ल्याउदै गर्दा ठुलो परिणामको लत्ताकपडा र ३ थान भारतीय नम्बर प्लेटका मोटरसाइकल सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो।
सोमबार नै सम्पुर्ण प्रक्रिया पुरा गरेर बरामद सामान भन्सार कार्यालय नेपालगन्जलाई बुजाएको छ।
यसरी हालसम्म यश गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेश बिक्रम शाही आएदेखि हालसम्मकै उच्च राजस्व रकम संकलन गर्नमा सशस्त्र प्रहरी सफल भएको छ।यसरी चोरी निकासीको गतिविधि न्यूनीकरण गर्न शाही आफै समेत फिल्डमा उत्रिएका छन् ।
आगामी दिनहरुमा समेत यसरी भारत बाट अबैध रूपमा चोरी निकासी गरेर नेपाली बजारमा कृतिम अभाव फैलाउने र राजस्व छलि गर्ने गिरोहलाई नियन्त्रण गर्न जरुरी छ। केहि समय यसरी पक्राउ गरेर सार्बजनिक गर्ने र पछि गएर तस्करको प्रलोवनमा नपरे साच्चिकै सशस्त्र प्रहरीले नेपाली जनताको हितमा काम गरेको आम नागरिकले महसुस गर्ने गरी नतिजामुखि कार्य गर्न जरुरी छ।