दुबै मृगौला पीडित क.अभियान बचाउमा जुटे कैलाली बाट सुबर्ण बिष्ट
बैजनाथ सम्बादाता
बिहिवार २५ भदौ
बाँकेको बैजनाथ ५ बनकटवा निवासी नरेन्द्र बोहरा क.अभियान बिगत ३ बर्ष देखी दुबै मृगौलाले काम गर्न छाडेपछि हप्ताको दुई पटक डाईलसिस गर्न (उपचार) हम्मे हम्मे परेको बोहराकि श्रीमती रमा बोहरा बताउछिन् । कुनै हप्ता त पैसाकै कारण उपचार रोकिएपछी जुन छटपटि हुँदा आफ्नो आँखामा आँसु आउछ के गरु कसरी बचाउ उपचार गर्न पैसा छैन यो भन्दा त जनयुद्ध मै सहिद भएको भए राज्यले सम्मान त गर्ने थियो भनेर भक्कानिदै भनिन् ।
पीडित नरेन्द्र बोहरा (अभियान)बर्ष ३४ का नरहरिनाथ गाउँपालिका ९ कालिकोट बाट हाल बैजनाथ गाउँपालिका ५ बनकटवा बाँकेमा भाडामा बस्दै आएका छन् ।अभियानले आफुसङै जनयुद्धमा होमिएकि जिबनसाथी रमा बोहरा र छोरी आकृति बोहरा बर्ष १४ ८ का छोरा आयुस छन् ।अभियान बिगत ३ बर्ष देखी दुबै मृगौला पीडित भएका हुन् । श्रीमान् को उपचारको पिडा छ अर्कोतिर यि कलिला छोराछोरी लाई शिक्षा दिक्षा कसरी दिने भन्ने चिन्ता छ त्यसमा पनि आफ्नो घर छैन भाडामा बस्नुपर्ने बाध्यता छ भन्छिन् श्रीमती रमा।
हाल नेपालगन्ज मेडिकल कलेजमा शिक्षण अस्पतालमा कोहलपुरमा हप्ताको दुई पटक लिन पर्छ ।
बोहरा जनमुक्ति सेना को बटालियन सहायक कमान्डर भएर अरुनखोला चौथो डिभिजन अन्तर्गत सलिम स्मृति ब्रेगेड कार्यालय बाट अवकाश आएका नरेन्द्र बोहरा बचाउ क.अभियान बचाउ अभियान का संयोजक दिल बहादुर शाही बर्तमानको संयोजकत्वमा सहयोग संन्कलन भैरहेको छ ।यस बैजनाथ राष्ट्रिय दैनिक को समाचार पश्चात देश बिदेश बाट सहयोग शुरु भएको छ । बिहिवार कैलाली जिल्ला बाट मान बहादुर बिष्ट (शुवर्न)को पहलमा नेपालिमुलका हाल अमेरिका बस्दै आएका राम बहादुर धरला लगाएतका सहयोगि मनका धनी ब्यक्तिहरु बाट केहि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
सबैले थोरै थोरै एक दिनको खाजा खर्च कम गरेर मन देखी सक्दो आर्थिक सहयोग गरेर क.अभियानको मृगौला प्रत्यारोपण गरि बचाउन सबैलाई अपिल गर्दै सुबर्ण बिष्ट बोहरालाई कैलाली बाट सहयोग गर्न चाहने ईच्छुक ब्यक्तिहरुले सुबर्ण बिष्टलाई मो.९८६५८६१८०९ मा सम्पर्क गरेर सहयोग गर्न बिष्टले सबैलाई अनुरोध गरेका छन् ।
मृगौला मिलेपनि प्राबिधिक अन्य खर्च बापत १५ लाख लाग्ने भएकाले अझै १४ लाख को आवश्यक भएको पीडित बोहरा क.अभियान बचाउ अभियानका संयोजक दिल बहादुर शाही बर्तमानले यसरी नै सबै जिल्ला बाट सक्दो सहयोग गरिदिन पुर्ब जनमुक्ति सेना ब्यापारी शिक्षक राजनेतालगाएत कर्मचारी सर्बसाधारण सबैलाई सहयोग गरिदिन अनुरोध गरेका छन् ।