कोहलपुर ११ असोज
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय महादेवामा सोमबार २ कोठे पक्की भवनको उदघाट्न गरिएको छ ।
भवनको बाँके क्षेत्र न १ का संघीय सांसद महेश्वर गहतराज “अथक” ले एक कार्यक्रमका बिच उदघाट्न गरेका हुन । उदघाटन सत्रमा बोल्दै सांसद अथकले
आफु सांसद भैसकेपछि आफुले पहिलो प्राथमिकता शिक्षालाइ दिएको कुरा बताएका छ्न । कार्यक्रममा बोल्दै अथकले बिकासको लागी आफु अत्यन्तै सम्वेन्दशिल भएको हुँदा कटिबद्ध रहेको बताए म यस क्षेत्रको विकासमा निम्ति सधैं लागि रहने छु उनले भने स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगर्त ३० लाख लागतमा निर्माण गरिएको बताइएको छ । विद्यालय भवन उदघाट्न कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा न ९ का वडाध्यक्ष महावीर ओली,सविधानसभा सदस्य अशोक रोकाय,राप्तीसोनारी गाउँ पालिका वाइसीएल इन्चार्ज सुजल खडका लगायतको सहभागीता रहेको थियोे ।