बाँकेको बैजनाथमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र का साझा बैजनाथ ६ वडा अध्यक्ष पदका उम्मेदवार हेमराज खड्का लगाएतको टिमले घर दैलो कार्यक्रम सम्पन्न गरेको छ।
खड्का लामो समय देखि नेकपा माओवादी केन्द्रको जिम्मेवार पदमा रहेर काम गरेता पनि अहिलेसम्म पार्टीको लागि आफ्नो सम्पुर्ण जीवन लगाएर स्थानीय जनताको लागि सम्बन्धीत निकाय बाट योजना माग गर्ने र कार्यान्वयन गर्ने गरेका खड्का यसपटकको निर्वाचनमा भने वडा हाक्ने तयारीमा जुटेका छन् ।
अब स्थानीय वडा सरकारको नेतृत्वमा ल्याउन दीर्घकालीन योजना निर्माण भ्रष्टाचार मुक्त सुशासन सहितको स्थानीय सरकार साथै बजेट र योजना दिने ठाँउमा पुर्याउन आफू लगाएत सम्पुर्ण प्यानललाई मत दिन सबैलाई जिताउन अपिल गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य ईन्द्र बहादुर सुनारले साझा उम्मेदवारलाई जिताएर संबिधानको रक्षा लोकतन्त्र र परिवर्तनको रक्ष साझा गठबन्धनले नै स्थानीय बिकासको मुल फुटाउने छ । जसरी युगान्तकारी परिवर्तन माओवादीको अगुवाइमा तानाशाह जहानुह सबै स्थानीय नागरिकहरुको समर्थन भएको बताउनुभयो ।