कोहलपुर आइतबार २० भदौ
बाँकेको बैजनाथ गाउँपालिका ५ स्थित कृष्ण कमल पार्टी प्यालेस एन्ड रिसोर्टमा आइतबार साथी सिड प्रा.लि.का अध्यक्ष मिलन सापकोटाको अध्यक्षतामा संचालक समितिको बैठक बाट अहिलेको बैज्ञानिक कृषि प्रणाली अपनाउन कृषकहरुलाई आधुनिक प्रबिधीमा जोड्न आम सर्बसाधारण कृषकहरुका लागि कम्पनीका तर्फबाट निशुल्क कृषि प्राबिधिक सहयोग का लागि सम्पर्क नम्बर ९८५८०७०७२० सार्बजनिक गर्दै सम्पुर्ण कृषकलाई कृषिमा आउने समस्या निशुल्क समाधान गरिने अध्यक्ष सापकोटाले घोषणा गरेका छन् ।
उक्त बैठकमा संस्थाका अध्यक्ष मिलन सापकोटा संस्थाका ईन्चार्ज अनिल भट्टराई मार्केटिङ प्रमुख गणेश बस्नेत फिल्ड प्राबिधिक सुरेश बि क लेखा प्रमुख उमेश चौधरी सहितको बैठकले यो निर्णय गरेको छ।अध्यक्ष सापकोटा भन्छन् यसरी हामीले निशुल्क कृषि बिज्ञ प्राबिधिकलाई बाँके बर्दिया दाङ सुर्खेत र सल्यान लगाएत अन्य जिल्लाका कृषकहरुले आफ्नो कृषि खेतिमा कुनैपनी प्रकारको समस्या अन्न र तरकारी जन्यखेतिमा जुनसुकै समस्या भएपनी कृषकको एउटा फोनमा हामी किसानको खेतबारीमा पुग्ने छौँ ।त्यसको लागि किसान दाजुभाइ दिदिबहिनीले कुनै प्रकारको शुल्क तिर्नु पर्ने छैन यसरी निशुल्क कृषि प्राबिधिक सहयोग गरे विभिन्न कृषि खेती गर्ने किसान मात्र नभएर ब्यावसायीक तरकारी खेती गर्ने कृषकहरुलाई ठुलो सहयोग हुने बताउछन् ।
आईतवार नै साथी सिडले आफ्नो कम्पनी बाट उत्पादन गरेका बीउ बिजन तथा औषधिको बारेमा बाँके बर्दिया सुर्खेत दाङ सल्यान र कैलाली लगाएतका ६० जना एग्रोभेट ब्यवसायी र ४० जना कृषकहरुलाई उत्पादनको बारे निशुल्क प्रशिक्षण कार्यक्रम समेत सम्पन्न जानकारी कम्पनीका बजार ब्यवस्थाक प्रमुख गनेश बस्नेतले जानकारी दिए।