हिजो दिउसो एकजना साथीको पसलमा हातमा केहि थान पैसा बोकेर एकजना मान्छे आउछन र भन्छन् एउटा् किसान जति बेलामा म सुतिरहेको हुन्छु उ तेति बेला खेतको आलि लगाइ रहेको हुन्छ, म उठ्ने बेला खेत जोति रहेको हुन्छ, म तयार हुने बेला धान रोपि रहेको हुन्छ म दिन भर बजार घुमेर फर्किन्छु उ बारीमै काम गरि रहेको हुन्छ र आफू लाई गर्भका साथ भन्छ म जिमदार हु। म उसको घर गएर धान माग्दा मलाई चमल दिएर पठाउ छ,मैले मन लागेको बेला मासु खान्छु उ सिन्की खान्छ, मैले मीठो मसिनो खाँदा उ घरमा जे छ त्यही सधै जसो खान्छ,अब भन्नू होस म मालिक कि त्यो किसान मालिक? उ भन्छ त्यो किसान मेरो नोकर हो म उसको मालिक हु।कुरा बुझ्दा त त्यो मान्छे सधैं बजारमा मागेर हिड्ने पो रहेछ म झसङ्ग भए त्यो माग्नेको तरीका र नेपालको राजनीतिको तरिका मा कुनै फरक देखिन भूगोलको पार्टी काम र आन्दोलनमा निरन्तर लागी रहेकाहरु ती आज नोकर भएका छ्न मोफसल बाहिरकाहरु जो दिन दिनै नेताहरुको घर दैलो चाहारेका छ्न ती मालिक भएका छ्न जस्को परिणाम आजको राजनीति गति छाडा भएको छ। यो बिकृत तरिका लाई न बदल्ने हो भने जस्तो सुकै रुप रङ्ग को पार्टी निर्माण गरे पनि परिणाम शून्य नै हात लाग्ने हो ।
रत्न खत्री नेकपा एमाले जिल्ला सचीव हुनुहुन्छ उहाँको फेसबुक वाल बाट साभार