कोहलपुर २२ असोज
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ बुचापुरकी ६५ वर्षीय पिमकली परियारको आर्थिक अभावमा उपचारमा समस्या भएको छ । लामो समय देखि कलेजो समस्याका कारण थला परकी परियार पछिल्लो समय खुट्टा भाँचिएपछी थप समस्यामा परेकी छिन । सानो झुपडीमा एक अपांगता भएका नातीको सहारामा बसेकी परियारको दैनिक छाक टार्न समेत मुस्किल परिरहेक बेला उनको खुट्टाको अप्रेसन गर्नुपर्ने समस्याले झन पिरोलेको छ । घरमा खाने चामलको गेडा छैन तर अप्रेसन गर्न डाक्टरले ३० हजार लाग्छ भनेका छ्न कहाँ बाट पैसा ल्याएर बाँच्ने पिमकलीले भनिन केहि समय छोरी ज्वाईंले उपचार गरे पनि थप अप्रेसन गर्नुपर्ने समस्या उनका लागि चुनौतीपूर्ण बनेको छ । श्रीमान तथा छोराहरू गुमाइसकेकी उनी ओछ्यान बाट उठन समेत सक्दिनन् । उनको कुनै पनि जग्गा जमिन तथा आम्दानीको श्रोत नभएको कारण उपचारमा समस्या देखिएको छ । एक अपांगता भएका नाति समेत पिमकलीकै सहरामा थिए हजुर आमा बिरामी भएपछि नातीको भविस्य समेत अन्यौल बनेको छ । उनले आफ्नो उपचारमा सबैलाई सक्दो सहयोग गरिदिन आग्रह गरेकी छिन ।