बैजनाथ समाचारदाता
बुधबार १ पुस,बाँकेको बैजनाथ गाउँपालिका ३ स्थित देउराली कृषि सहकारी संस्था लि.को हलमा बुधबार दिउँसो नेकपा बाँके जिल्ला ईन्चार्ज दिनेश चन्द्र यादव स-ईन्चार्ज माननीय महेश्वर जंग गहतराज अथक तथा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले अब सुकुम्बासीहरुको असार मसान्तसम्म सुकुम्बासीको हातमा लालपुर्जा पुग्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा बैजनाथ गाउँ कमिटीको आयोजनामा बुधबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले पहिलेको जस्तो यो आयोगले सुकुम्बासीलाई सदरमुकाम बोलाएर दु:ख दिदैन अब हरेक स्थानीय तह बाट नै लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता समेत गरे। भूमि सम्बन्धी ऐनको आठौं संसोधनमा कानूनी व्यवस्था भए अनुसार आयोगले नयाँ विधि र प्रक्रियाबाट काम गर्ने जनाउँदै अब पालिकास्तरमा इकाई कार्यालय हुने र स्थानीय तह प्रमुखको संयोजकत्वमा सहजीकरण समिति मार्फत यसको समाधान हुने बताए ।
बुधबार नै खजुरा गाउँपालिकामा स्थापना भएको भूमि सम्बन्धी सुकुम्बासी समस्या समाधान आयोगको इकाई कार्यालयको समेत अध्यक्ष ज्ञवालीले उद्घघाटन गरेका थिए।भने सुकुम्बासी आयोग का अध्यक्ष केहि दिन यता बाँकेमा ब्यस्त छन् । बाँकेका विभिन्न स्थानीय तहहरुको दौरा का दौराण उनि ब्यस्त भएको जानकारी प्राप्त भएको छ।
बैजनाथमा नेकपा का नेता कार्यक्रता लाई सम्बोधन गर्दै चुनावमा जनताका अगाडि गरेका बाचा पुरा गर्न सुकुम्बासी आयोगले समस्या समाधान गर्न अनुरोध गर्नुभएको हो भने स्थानीय बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बैजनाथ का सुकुम्बासीका समस्याहरु अध्यक्ष सामु राख्नुभएको थियो।
नेकपा बैजनाथ गाउँ कमिटीको पुर्ण उपस्थितिमा नेकपा कार्यकर्ता नेताहरुको उपस्थिति रहेको बैजनाथ गाउँपालिका नेकपा अध्यक्ष चन्द्र चौधरीले जानकारी दिनु भयो साथै अब स्थानीय सरकारले स्थानीय नागरिकको भुमी सम्बन्धि समस्या समाधान गर्न गराउन नेकपा बैजनाथले सघाउने समेत बताउनुभयो ।