Thursday, December 5, 2024
spot_imgspot_img
Homeराष्ट्रियसुकुम्बासी आयोग खारेजी विरुद्ध युवा संघको बिरोध

सुकुम्बासी आयोग खारेजी विरुद्ध युवा संघको बिरोध

कोहलपुर २४ साउन

बाँकेको कोहलपुर नगरपालिका ११ स्थित कोहलपुर चौराहामा आइतबार नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन युवा संघ नेपाल बाँकेले विरोध प्रदर्शन गरेको छ । संगठनका जिल्ला संयोजक तिलक वीर सुनारको नेतृत्वमा विरोध सभा गरिएको हो प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले भुमी सम्बन्धि समस्या समाधान आयोग खारेजीको विरुद्ध बिरोध सभा गरिएको छ।

देउवा सरकारले खारेज गरेको भुमी सम्बन्धि समस्या समाधान आयोगलाई पुनः जिवित गरेर निरन्तरता दिन आन्दोलन गरिएको आन्दोलनमा सहभागी नेता भारले बताए।लामो समयदेखि आफुहरुले जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा पाउने आसमा रहेका जनताको अधिकार अहिलेको सरकारले खोसेर सुकुम्बासी गरिबीको रेखा मै राख्ने काम हालको सरकारले गरेको छ।

सरकारले जुन नेकपा एमालेका कार्यकर्ता भर्ती भनेर प्रचार गर्ने गरिएको छ त्यो एकदम गलत छ यदि कार्यकर्तानै भर्ती गरेको भए कर्मचारी फेरबदल गर्नसक्ने अधिकार थियो तर आयोग नै खारेज गर्नुमा सरकार जनताप्रती उत्तरदायी नभएको प्रष्ट भएको साथै भुमिहिन तथा सुकुम्बासीहरुका बिरुद्ध युवा संघ नेपाल निरन्तर जनताको हितमा लागि रहने छ।अहिलेको सरकारले आयोग खारेज गरेको छ त्यो देश र जनताको हित बिपरित भएको नेता सुनारले बताए ।
उक्त बिरोध सभामा नेकपा एमाले केन्द्रिय सदस्य देवराज भार, पुजन विश्वकर्मा बाँके जिल्ला अध्यक्ष सुर्य ढकाल युवा संघ बाँके ईन्चार्ज नेता गोपाल तिवारी, युवा संघ नेपालका युवाहरु लगाएत स्थानीय नेता कार्यकर्ताको सहभागी रहेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments