Tuesday, December 3, 2024
spot_imgspot_img
Homeराष्ट्रियसुरक्षा मापदण्डको पालना गर्न नलगाडका मेयर : रावलको अपिल

सुरक्षा मापदण्डको पालना गर्न नलगाडका मेयर : रावलको अपिल

जाजरकोट
शुक्रबार ४ भदौ
जाजरकोट जिल्लाको नलगाड नगरपालिका नगर प्रमुख मेयर टेक बहादुर रावल द्वारा स्थानीय नागरिकहरुलाई सुरक्षा मापदण्ड पालना गर्न आफ्नो सामाजिक फेसबुक मार्फत अपिल गर्नुभएको छ। मेयर रावलले सामाजिक सन्जालमा यस्तो पोस्ट छ:-
आदरणीय नलगाड नगरबासीआमा बुवा दाजुभाइ तथा दिदिबहिनीहरु यतिबेला हामी बिश्व महामारी कोभिड१९ कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेकाछौं ।
केही बर्षयता यो भाइरसले हाम्रो देशमा पनी अनेकौं रुप मार्फत हजारौं नागरिकहरुको निर्ममतापुर्बक ज्यानै लिइसकेकोछ । यसबाट बच्ने उपाय भनेको स्वयं ब्यक्तिले सुरक्षा सम्बन्धि स्वास्थ्य मापदण्ड अपनाउनु नै हो । भिडभाड नगर्नु, मास्कको प्रयोग,साबुनपानीले हातधुने,सेनिटाइजरको प्रयोग गर्नु सामाजिक दुरी कायम गर्ने, स्वच्छ पौष्टिक आहार,तातो पानीको प्रयोग जस्ता उपायहरु अपनाउनु पर्नेछ । भने अर्को तिर व्यापक जलवायु परिवर्तनको गम्भीर अबस्थामा छौ । केही दिन यता अविरल बर्षाको कारण बाटोघाटो,पुलपुलेसा,सडक संजाल विद्युत,सुचनासंचार भौतिक पुर्वाधार जस्ता स्थानमा क्षेतीग्रस्त बनाइ आवतजावतमा कठिनाई भैरहेकोछ । नियमितरुपमा भैरहेको बर्षाको कारण तत्काल नगरपालिकाले यातायातका साधन भ्याकुलोडर पठाइ सडकसंजाल जोड्ने काम तिब्र गरिएकोछ । जुन स्थानमा तत्काल सडक जोडिन्छ केही समयमानै अविरल बर्षाको कारण फेरी सडक अबरुद्ध हुने भएकोछ । यता केही स्थानमा साघु फालेका स्थानमा सम्बन्धित वडामा तत्काल जोड्न भनिएकोछ । र जोडिएकाछन केही स्थानमा जोड्ने क्रममाछन ।अत: यतिबेला केही दिन अझै अविरल बर्षाहुने सम्भावना बिद्यामानछ । यसर्थ त्यस्ता जोखिमबाट वचनको लागी यहाहरुले उच्च सतर्कता अपनाइ जीउ,धनको रक्षा गरि सहयोग गर्नुहुन अनुरोध छ । कोइ कसैलाई केही समस्या परे फोन सम्पर्का लागि ९८५८०५१३८६ मा फोन गर्न अनुरोध का साथै सम्पुर्ण नगरबासिलाई दिएको सुझावको पालना गर्न गराउन हार्दिक अपिल गर्दछु। आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments