बाँके जिल्लाको नेपालगन्ज रंगशालामा शुक्रबार प्रथम
चरणको कोरोनाको सिकार भयर थलियको खेलक्षेत्र केही गति लिने प्रयास भयको छ। अन्तर्राष्ट्रिय र रास्ट्रीय खेल गतिबिधीहरु दर्शकसहित र दर्शकबिहिन सन्चालन भैरहेका छन जस्तै: IPL, premier league, laliga, Everest premier league cricket ,`B´ र `C´division football लगायत धेरै प्रतियोगिता भैरहेका छन। भने यता मोफसल र स्थानिय तहमा पनि क्रीकेट भलिबल फुटबल कराते सुरु भैरहेका छ्न।
यस्तै यौटा अर्को खेलक्षेत्र गतिदिने प्रतियोगिता सुरु भयो आजबाट बाके मा “न्यु बागेश्वरी नक आउट फुटबल” । आज यक कार्यक्रमका बिच प्रदेश सभा सदस्य लुम्बिनी प्रदेश तथा ओलम्पियन सुरेन्द्र हमालले रेफ्री अमर घले लाई बल हस्तान्तरण गर्दै उदघाटन गर्नु भयको छ।सो अवसरमा सासद हमालले आफू खेलाडी भयका कारण खेल भने पछि आफू हुरुक्क हुने र तेहि आफ्नो समयको झै फुर्ती आउने बताउनु भयो। कार्यक्रम RNYC का अध्यक्ष सुर्यमणी अधिकारी को सभापतित्वमा भयको थियो।।उदघाटन समारोहमा बिधायक हमाल सहित प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र शसस्त्र प्रहरी उपरिक्षक, भैरब प्रसाद गण का सेनानि लगायतको उपस्थिती थियो।
आजै उदघाटन खेलमा आयोजक RNYC क्लबले सनलाइट क्लब हसनापुरलाइ ७-१ गोल अन्तरले पराजित गरेको छ। RNYC को तर्फबाट बिभुषन केसि विशाल थापा र भुपेन्द्र शाहीले २-२ गोल गरे भने प्रकाश बुढाथोकी ले १गोल गरेको उता सनलाइट का तर्फबाट कृष्ण खडकाले १गोल गरेका थिय।सो खेलका म्यान अफ द म्याच दुई गोल गर्न सफल RNYC का विशाल थापा भय।
भोलिको पहिलो खेल धम्बोजी क्लब र मोडेल टिम सि गाउँ बिच तथा दोस्रो खेल न्यु भगवती क्लब र रेसिङ्ग सहारा का बिच दिउस 2 बजे बाट हुनेछ।