सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरको बुलबुले पार्कमा प्रेसर कुकर बम फेला परेको छ ।वीरेन्द्रनगरको पर्यटकीयस्थल बुलबुले ताल परीसरको गेटमा बम फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार शुक्रबार बिहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।‘नो एमसीसी’ लेखिएको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको डीएसपी घर्तीले बताए ।