Thursday, November 21, 2024
spot_imgspot_img
Homeसम्पादकियसफलताकाे कथासुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन भित्र्याउन सफल अध्यक्ष मल्ल

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन भित्र्याउन सफल अध्यक्ष मल्ल

खजुरा सम्बादाता
बाँके जिल्लाको पौराणिक शहरका नामले परिचीत खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा केही समय अगाडि अत्याधुनिक लिन्याक मेसिन भित्र्याईएको अस्पताल बिकाश समिति अध्यक्ष एवं युवा समाजसेवी टेकेन्द्र मल्लले जानकारी दिनुभएको छ।मेसिन संचालनमा आएपछि क्यान्सरका बिरामीले सेकाईका लागि भरतपुर ,काठमाडौँ र भारत पुग्नुपर्ने बाध्यता हुँने छैन भने सुदुर पश्चिम कर्णाली लगाएत बाँके बर्दिया दाङ समेतका क्यान्सरका बिरामीहरुको लागि सहज र सुलभ सेवा सुचारु गर्न अस्पताल बिकास समिति लागि परेको साथै मेसिन संचालनमा आए क्यान्सरका बिरामीहरुलाई अप्रेसन पछि गरिने सेकाई, अप्रेसन नगर्दै गरिने सेकाईहरुलाई सहज हुने अस्पताल बिकास समिति अध्यक्ष मल्ल बताउँनुहुन्छ।

अब आगामी दिनहरुमा पश्चिम नेपालका क्यान्सर पीडित बिरामीहरुलाई क्यान्सरको सम्पूर्ण उपचार किमो, अप्रेसन र सेकाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले प्रदान गर्ने छ। पश्चिम नेपालका जनताका लागी खुशीको कुरा हो सेवा सँगै सुलभ सुबिधामा सौलियत आवश्यकता अनुसार निशुल्क उपचार प्रदान गर्दै आएको छ खजुरा बाट प्रदान गरीने सेवाहरुलाई अझै प्रभावकारी बनाउन मेसिन ल्याएका छौँ स्थानीय नागरिकलाई स्वास्थ्यमा सेवा प्रदान गर्न क्यान्सर अस्पताल २४ सै घन्टा तत्पर यस अस्पताललाई अझ सुबिधा सम्पन्न बनाउन अस्पताल बिकास समिति,जनप्रतिनिधि र राजनीतिक दल र बुद्धिजीवी सम्पुर्णले यथासिग्र पहल कदमि चाल्नुपर्ने आजको आवश्यकता भएको र सरकारले पनि आवश्यकता अनुसार सम्पुर्ण उपकरण जनशक्ति ब्यवस्थापन गराउन सबै लागि परेको र अझै निरन्तर लागि पर्न सम्बन्धित सबैलाई अध्यक्ष मल्लले अनुरोध समेत गर्नु भएको छ।
लिन्याक मेसिन क्यान्सरको उपचारमा प्रयोग हुने रेडियसन प्रदान गर्ने मेसिन भएकोले रेडियोथेरापीको लागि अति आवश्यक मेसिन हो भने नेपालको चितवनबाट पश्चिम क्षेत्र र सुदूरपश्चिममामा यो पहिलो लिन्याक मेसिन भएको अस्पताल बिकास समिति अध्यक्ष मल्लले बताउँनुभएको छ।
जसरी आधुनिक मेसिनहरु भित्र्याउन सफल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले नागरिकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने समेत विस्वास आम जनमानसमा अनुभुती गराउन आवश्यक छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments