बाँके:बैजनाथ गाउँपालिकामा बुधबार सम्म हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने कामले तिब्रता पाएसँगै हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन बैजनाथका स्वास्थ्यकर्मीको सक्रियता बढेको छ।
बैजनाथ स्वास्थ्य शाखा बाट स्थानीय नागरिकहरुको घर घरमा औषधी खुवाउन स्वास्थ्यकर्मी खटिएर बुधबार सम्म कुल ४९ हजार ३ सय ४९ जनालाई हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गराउन सफल भएको बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले जानकारी दिनुभयो ।
साथै अन्य सबै वडामा घर घरमा आउने स्वास्थ्यकर्मीले दिएको औषधी सेवन गरी हात्तीपाइले रोग जस्तो खतरानाक रोग बाट बच्न र अरुलाई सबैलाई बचाउन स्थानीय नागरिकहरुलाई गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले आम बैजनाथबासीलाई हार्दिक अपिल गरेको समेत स्वास्थ्य शाखा प्रमुख शाहीले जानकारी दिनुभयो ।