बैजनाथ सम्बाददाता
बिहीबार ११ फागुन हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान बाँकेको बैजनाथमा बिहिबार देखी सुरु भएको छ ।
जिल्लाको बैजनाथ गाँउपालिकाको स्वास्थ्य शाखाले बिहिबार बैजनाथ २ मा एक कार्यक्रमको आयोजना गरि उक्त अभियान सुरु गरिएको हो ।
उक्त कार्यक्रममा गाँउपालिका अध्यक्ष प्रकाश बहादुर शाही बैजनाथ २ का वडा अध्यक्ष राजु रुचाल स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाही लगाएत स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो । पालिका अध्यक्ष शाहीले हात्तीपाईले रोग विरुद्धको औषधी खाएर अभियानको सुरुवात गर्नु भएको थियो । अध्यक्ष शाहीले हात्ती पाईले रोग विरुद्धको औषधी खान आफुबाटै सुरुवात गरेको बताउदै स्थानीय सबै गाँउपालिकावासीलाई पनि औषधी खान आग्रह गर्नु भयो ।
गाउँपालिका भरी बिहीबार ५,५६४ महिला र पुरुष ५,१०० गरी कुल जम्मा १०,६६४ जना स्थानीय नागरिकले बैजनाथमा सेवन गरेको उनले जानकारी दिए।
कोहि पनि नछुट्ने र नदोहोरिने गरी सबैले औषधी सेवन गरे मात्रै गाँउपालिकालाई हात्तीपाईले रोगबाट मुक्त गर्न सकिन्छ, अध्यक्ष शाहीको भनाई रहेको बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले जानकारी दिनुभयो ।