©नबिन सुनार®हामी बहादुर होइनौ गुलाम हौ”>>रिस उठेको होला है यसो भन्दा?के भन्दैछ यसले भनेर,भित्तामा मुड्कीले हान्नुस तर यथार्थ यहि हो र सत्य पनि!हिजो राजा माहाराजाहरुको गुलामी गर्यौ र आज नेताहरुको गर्दैछौं!दास मानसिकता बाट अझैसम्म पनि माथी उठेका छैनौ!दरिद्र मानसिकताले अझैसम्म छाडेको छैन!हजुरिया हिजो पनि थियो र आज पनि छन,रैती नै भएर बस्यौ जनता बन्न खोजेनौ!जो जनता बन्न खोजे ढालिए र भित्तामा सालिक बनाइए!मालिकको आदेश सिरोधार्य गर्नु नै हाम्रो परम्परा हो भने कसरी भयौ बहादुर?बैरिले गुलाम बनाउन भिराइदिएको बिल्ला हेरेर गर्व गर्नुको औचित्य छैन!आज फेरि तिनै गुलामी हरुले बाटो बाटोमा मालिकको चर्चा गर्दै हिंड्न् थालेका छन!सेनापती देखि रास्ट्रपति प्रधानमन्त्री देखि मन्त्री प्रदेश प्रमुख देखि एउटा वडा अध्यक्ष सम्म लाई पुजा गर्नुपर्ने!जस्ले हजारौं मान्छे को रगतमा खेलेर आयो उसैको गुनगुनाहट गर्नुपर्ने!जसले यी सबैको सामना गरे चुनिचुनी भुटिए!जसले पुच्छर हल्लाए अझैसम्म हालीमुहाली उसैको हातमा छ!राप्रपा,पुर्ब एमाले,पुर्ब माओवादी,काङ्ग्रेस र हालको नेकपा मालिकको कडकडाहटमा पुच्छर लुकाउछ र अरुबेला पुच्छर हल्लाउछ!हामी यिनैको आरती उतार्छौ पुजा गर्छौ जिन्दावाद र जयजयकार गर्छौ!अनि कसरी भयौ बहादुर?कातर मानसिकता बाट माथी उठेर जो नि:स्वार्थ देश र जनताको भाषा बोल्ने साहस राख्छ उ हो बहादुर!हामी मा को छौ त्यस्तो?खुल्ला मञ्चमा भाषण गरे जस्तो हुदैन बहादुरी!नेताको इसारामा माइतीघरमा प्रहरी माथी ढुङ्गा बर्साउनेलाइ बहादुर भन्ने या अस्रुग्यास टिपेर फाल्ने लाई?दिनै पिच्छे बालबालिका बलात्कार को सिकार भइरहेका छन या त्यस्ता नरपिचास लाइ?थु…यहाँ कोहि पनि होइनन् र कोहि पनि छैनन् बहादुर!एउटा आफ्नै छोरी चेलीबेटी माथी गिद्धे नजर लाउने,अर्को देश प्रती!बहादुर त्यसलाई भनिन्छ जसले आफ्ना छोरी चेलीबेटी को रक्षा गर्छ!बहादुर त्यसलाई भनिन्छ जसले देश र जनता प्रती वफादार रहि नि:स्वार्थ प्रण आहुती दिन्छन!कुहिएको सांसदवाद भित्र पाखुरी निमोठेर हुदैन बहादुरी,बिदेशी सेनामा भर्ती भएर अरुको लागि प्रण दिने लाई भनिदैन बहादुरी!!सोझो भाषामा भन्नू पर्दा यहि त हो गुलामी यहि त हो गुलामी!..(नबिन सुनार लुम्बिनी प्रदेश बैजनाथ गाउंँपालिका६ बाके..हाल बहराइन)