कोहलपुर २७ भदौ
नेकपा एकिकृत समाजवादी पाटी युवा संघ नेपालका बाँके जिल्ला सदस्य यज्ञ पुनले आफुहरु समाजवादीको पक्षमा रहेको बताएका छन । आदर्श आवाज डटकमसग पछिल्लो राजनितिक परिवेश बारे कुरा गर्दै आफुहरु समाजवादीको पक्षमा रहेको बताएका छन । हामी अग्रगमनको पक्षममा छौ उनले भने बैजनाथका अधिकाश युवाहरु समाजवादीको पक्षमा समेत जिकिर गरे ।
देशमा अहिले युवा शक्तिको खाँचो रहेको बताउदै पुनले त्यो शक्ति समाजवादी युवा शक्तिमा रहेको बताए । हामी आवश्यक परेको खण्डमा पाटी र जनताको लागी सबै कुरा त्याग गर्न तयार छौ । पुनले भने २०७० सालमा युथफोर्सको सदस्यता लिएका पुन साविक बनकटुवा गाविसका युथफोर्स अध्यक्ष युवा संघ नेपाल बैजनाथ गाउँकमिटी अध्यक्ष हुदै हाल नेकपा एकिकृत समाजवादी पाटी युवा संघ नेपाल का बाँके जिल्ला सदस्यमा क्रियाशिल छन । कोरोनाको प्रकोपको समयमा समेत कोरोनाका निधन भएका व्यक्तिहरुको शव व्यवस्थापनामा सक्रिय भुमिका निर्वाह गरेका पुन सामाजिक तथा राजनितिमा सक्रिय युवा हुन ।