रुद्राक्ष लगाउदैमा साधु बनिदैन ! युबाको नेतृत्वदायी हुदैंमा भिजन सहितको बिकास हुदैन ! खुबी बिनाको युवा र नेतृत्व ।युवाहरु विचार, सिद्धान्तका लोभी भएनन् । उनीहरुको लगाव विचार र सिद्धान्तप्रति भएन । उनीहरुको लगाव पदप्रति भयो । पैसा कमाउनप्रति भयो ।
सांसद भएका मन्त्री भइहाहल्ने, युवा विद्यार्थीहरु तिनै मन्त्रीको पीए बन्ने । कर्मचारीको सरुवा बढुवामा पैसा खाने अनि कसरी हुन्छ देश बिकास त्यसैले यहाँ ब्यक्तीको बिकास भयो तर देश बिकास भएन तितो सत्य यहीँ हो।
ठेक्का पट्टामा कमिसन खाने र आफ्नो आर्थिक स्थितिलाई मजबुत बनाउनमै युवाहरु केन्द्रिकरण भएको देखिएका छन् । झट्ट हेर्दा उनीहरुको आर्थिक सबलीकरण भएको कारणले उनीहरुले राजनीति गर्न सजिलो भएको छ भन्ने पनि कुरा आउला ।
तर त्यो कुरा गम्भीर गल्ती हो । मन्त्री, हाकिम, ठेकेदार र कर्मचारीबाट पैसा लिएर पैसाको आडमा नेतृत्व हत्याउन खोज्ने युवाले सही प्रकारले राजनीतिलाई अगाडि बढाउन सक्दैन । त्यसको भ्रष्टीकरण भइसकेको छ ।
दलाल पुँजीवादी चरित्र र गरिब वर्गप्रतिको बेवास्ता अहिलेको प्रमुख समस्या हो । त्यसैले त्यो चरित्रका विरुद्ध निर्मम प्रकारले सैद्धान्तिक र व्यवहारिक रुपमा संघर्ष गर्नुपर्दछ । लेखक बिनोद कुमार थारु नेपाली काङ्ग्रेस बाँके जिल्ला सह-सचीव हुनुहुन्छ ।