Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजकृषि२२ बर्षको उमेर देखि निरन्तर समाजसेवामा:खड्का

२२ बर्षको उमेर देखि निरन्तर समाजसेवामा:खड्का

जाजरकोट सम्बादाता
नेकपा (एकिकृत–समाजवादी) जाजरकोटका नेता कमान खड्काले भेरी नगरपालिका २ रिसाङ्गका पहिरो पिडितहरुलाई आफ्नो ब्यक्तिगत तर्फबाट सहयोग गरेका छन ।
खड्काले शनिवार पिडितहरुको घरमा पुगेर ९ घरपरिवारलाई राहत स्वरुप १/१ बोरा चामल, दाल, खाने तेल, नुन सहतिको खाद्यन्न सामाग्री हस्तान्तरण गरेका हुन । यस अघि उक्त पहिरोले पुरिएका घरहरुलाई आफ्नो डोजर लगाएर उद्दार गरेको भन्दै खड्काले आफु जन्मिएको वडा भएकोले वडाबासीहरुका हरेक समस्यामा सहयोग गर्न आफु तयार रहेको बताए । राहत सामाग्री बुझ्दै पिडित परिवारले नेता खड्कालाई धन्यवाद दिएका छन् । खड्काले माटोले पुरिएका घर उद्वार गर्न आफ्नो निजि मेसिन निशुल्क सहयोग गरेका छन्। यस्तो दुःखको बेला सहयोग गर्ने मान्छे नै भगवान हो, उहाँलाई हामीले पनि छिट्टै सहयोग गर्ने दिन आवस । स्थानीय नरजीत वलीले भने ।”यो अर्थमा खड्कालाई नेतृत्वमा देख्न चाएको स्पष्ट हुन्छ।

भेरी नगरपालिका–२ रिसाङको बासँसपानी गत श्रावण ३० गते दिउसो अविरल वर्षासँगै आएको पहिरोले कृष्ण बहादुर विकको घर पूर्णरुपमा क्षेति भएको छ भने, नरजीत वली र ठेरो कामीको घरमा आंशिक क्षेती पुगेको छ । दिउसो ४ बजेतिर माथिबाट आएको पहिरोले पुरिएर नरजीत वलीका दुई वटा बाख्रा मरेका थिए । पहिरोको उच्च जोखिममा रहेका ६ घर परिवार र अन्य ७ घर परिवारगरी १३ घर परिवार बिस्थापित भएका छन ।

उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका खड्काले यस अघि सोही वडामा पर्ने जाजरकोट जुम्ला सडक व्यक्तिगत रुपमा मर्मत गरेर यातायात सेवा सहज बनाइदिएका थिए । स्थानीय सरकार तथा सरोकार निकायहरुको लाहपरवाहीका कारण यातायात सेवा अवरुद्ध भएपछि आफ्नो डोजर प्रयोग गरेर सडक मर्मत गरिदिएको खड्काको भनाई छ ।

कमान खड्का २२ बर्षको उमेर देखि राजनीतिमा कृयाशिल हुनुका साथै कपडा ब्यवसाय र पछिल्लो समय निर्माण व्यवसाय संगै समाज सेवामा सक्रिय युवा समाजसेवी हुन्। साविकको खलंगा गाविसको उपाध्यक्षमा लोकप्रिय मतका साथ निर्वाचित भएका खड्का हाल नेकपा (एस) का नेता खड्कालाई भेरी नगरपालिकामा मात्र नभएर जाजरकोट जिल्लामओ राम्रो छवि बनाएका नेता हुन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments