वीरगञ्ज ४ पुष
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सर्च अप्रेसन गरेर वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट बरामद गरेको साढे २३ किलो सुनोको मालिक नभेटिएपछि निलामी प्रकृया सुरु गरिएको छ ।प्रहरी अनुसन्धानमा सुनको मालिक नभेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले सुनलाई राजश्व अनुसन्धान विभाग पथलैयामा बुझाएको थियो ।विभागले सुनलाई निलामी मार्फत विक्री गर्ने प्रकृया सुरु गरेको छ । विक्रीबाट आउँने रकम राज्यकोषमा जम्मा हुनेछ । प्रहरीले सुनको झण्डै १९ करोड रुपैयाँ आंकलन गरेको थियो ।गत कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्याल, विर्ताको संयुक्त टोलीले भारतीय नागरिक अशोक सिन्हा नामक व्यक्तिको अपार्टमेन्टमा छापामारी गरेर २२ केजी ५७६ ग्राम सुनका बिस्कुटहरु, ५७६ ग्राम सुनका गरगहना र दुई केजी २ सय ६२ ग्राम चाँदीको गहना तथा भाडाकुडा बरामद गरेको थियो ।
पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले तत्कालीन समयमा सुन मालिक नभेटिएपछि राजश्वमा बुझाइएको बताईन । सिन्हा भारतीय जनता पार्टीबाट रक्सौल विधानसभाबाट निर्वाचित विधानसभा सदस्य प्रमोद सिन्हाका भाई हुन् ।