काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्षबाट हटाइएको छ ।
नेपाल कम्युष्टि पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको हो ।
मंगलबार दिउँसो राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा भएको उक्त समूहको भेलामा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको छ ।
यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।
नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४४७ जना छन्, जसमध्ये केहीको मृत्यु भएको छ ।