Saturday, November 23, 2024
spot_imgspot_img
Homeस्थानीयएभरेष्ट द्वारा अत्याधुनिक सिल्की मिल उद्घाटन

एभरेष्ट द्वारा अत्याधुनिक सिल्की मिल उद्घाटन

बाँके जिल्लामा लुम्बिनी प्रदेश कृषि भुमी तथा सहकारी मन्त्री आरती पौडेलले दौडाहा लागेको छ ।आफ्नो गृह जिल्लामा ब्यस्त मन्त्री आरती पौडेल शुक्रबार बैजनाथ गाउँपालिका ६ स्थित रहेको एभरेष्ट कृषि सहकारी संस्था लि.को सिल्की राईस मिल भवन तथा आधुनिक मेसिन बटन दवाएर मन्त्री पौडेलले समुद्घाटन गर्नुभएको हो।
उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल उपाध्यक्ष शारदा बि क बैजनाथ नेकपा अध्यक्ष चन्द्र चौधरी नेपाली काँग्रेस बैजनाथ सभापति गगन बहादुर खत्री बैजनाथ गाउँपालिका ५ वडा अध्यक्ष मन बहादुर खत्री केन्द्रिय सहकारी बैंक सन्चालक सदस्य बिजया धिताल केन्द्रिय कृषि सहकारी संघ लि अध्यक्ष खेम पाठक लुम्बिनी प्रदेश सहकारी सस्था लि अध्यक्ष प्रेम प्रशाद सुबेदी,नमस्ते बचत तथा रिन सहकारी सस्था लि का अध्यक्ष प्रकाश ज्ञवाली जिल्ला बहुउद्देश्यीय सहकारी सस्था लि अध्यक्ष बल बहादुर खड्का जिल्ला कृषि सहकारी सस्था लि अध्यक्ष एकता शाह लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त सिल्की मिल बाट प्रती ८ घन्टामा १६ टन चामल उत्पादन गर्ने छ भने कुल ९ वटा मेसिन जडान गरिएको छ। जुन प्रथम मेशिनले धुलो माटो सफा गर्छ त्यसपछि ढुङा छानेर फाल्छ र सेलर मेसिन द्वारा चामल र भुस अलग अलग गर्छ । चामल र दाल अलग गरेर पोलिस का लागि तयार गर्छ र पोलिस गर्ने मेसिनमा जान्छ चामल पोलिस पछि कनिका र चामल अलग गर्ने मेसिनको काम पुरा भएपछि अन्तमा सिल्की मेसिनमा चामल पुग्छ ।
सिल्कीले चामललाई चिल्लो बनाएर ग्रेडिङ मेसिनमा जान्छ पुनःकनिका र चामल अलग गरेर चामल प्याकेङ मेसिनमा गएको चामललाई तौल अनुसारको मेसिनलाई कम्युटर बाट आदेश दिए अनुसारको प्याकेजहरु बनाए पछि जनशक्ति द्वारा सिलाई गरिने मेसिन जडान मिस्त्री बृज किशोर सिंह ले बताउनुभयो ।
बृज किशोर बारा जिल्ला बाट बैजनाथको एभरेष्ट कृषि सहकारी मा बिगत १ बर्ष देखी निरन्तर काम गरेर हाल काम सम्पन्न गर्न सफल भएको बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments