नेपालगन्ज शनिबार ५ भदौ
बाँके जिल्ला नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (YCL)का संयोजक आकाश कार्की को अध्यक्षता मा एवम नेकपा (माओबादी केन्द्र) लुम्बिनी प्रदेश कमिती सदस्य,अक्कल ब. बम (रबिन्द्र), नरेन्द्र पाण्डे ( जेम्स),डम्बर ब. बि.(तुफान) लुम्बिनी प्रदेश सभा सदस्य माननीय कृष्ण के सि ( नमुना),नेकपा (माओबादी केन्द्र) बाँकेका कार्यालय सदस्य डिल्ली बराल (अमिर)वाइसीएल केन्द्रीय सचीव,रतन शाही, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिब मनिषा चदारा ,केन्द्रिय सदस्य सुरज जागा,केन्द्रिय निर्वाचन आयोग सदस्य किष्मत अलि शेष (जित) लगाएतका अतिथिहरुको उपस्थितिमा बाँके जिल्लाका सम्पुर्ण स्थानिय तहका सम्मेलन भब्य रुपमा आगामी असोज २० गते भित्र सम्पन्न गर्ने,आइतबार भदौ ६ गते देखि सम्पुर्ण पालिका का वडा सम्मेलन संचालन गर्ने र वाइसीएल को सदस्यता बितरण गर्न बाँकेमा ८ हजार युवालाई सदस्यता बितरण गरिने भएको छ।
विभिन्न पालिकामा संयोजक र इन्चार्ज को जिम्मेवारी यसप्रकार रहेको छ:- कोहलपुरमा संयोजक लाल बहादुर खड्का र इन्चार्ज अजय परिवार नेपालगन्ज उपमहानगर पालिकामा इन्चार्ज इमाम खा,जानकी गाउँपालिका मा संयोजक विकाश वर्मा र इन्चार्जमा विजय वर्मा,बैजनाथ गाउँपालिकामा इन्चार्ज नवराज आचार्य,राप्ती सोनारी गाउँपालिकामा इन्चार्ज सुनिल गिरि,डुडुवा गाउँपालिका इन्चार्ज रिजवान खा ,खजुरा गाउँपालिकामा छवि बिष्ट,नरैनापुर गाउँपालिकामा राम कुमार धोबिधोबीलाई शनिबारको भेलाले जिम्मेवारी प्रदान गरेको छ।जिल्ला कार्यालयमा तिर्थ शाहिलाइ मनोनित गरिएको छ ।
उक्त भेलामा बोल्दै नेताहरुले अब पार्टी मजबुत बनाउन युवाहरूको भुमिका महत्त्वपूर्ण हुने समेत बताउनुभयो साथै वाइसीएल नेपालको राष्ट्रिय भेलामा १ जना महिला सहित जम्मा ५ जना प्रतिनिधि छनोट गरिएको छ । साथै कोरोना भाइरसको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै वाइसीएल बाँके ले जनचेतना कार्यक्रम संचालन गर्ने निर्णय गरिएको जानकारी वाइसीएल बाँके संयोजक आकाश कार्कीले जानकारी दिनुभयो ।