समितिको उपाध्यक्षमा उमा थापा, सचिव सञ्जु कुमारी चौधरी, सह-सचिव सविना वली, कोषाध्यक्ष ऋचा लुइँटेल रहेका छन् । यसैगरी सदस्यमा नारायणी रुपाखेती, केशकुमारी वली (भण्डारी), गिता राना,रुक्मिना शर्मा, संगिता सुवेदी, मनिषासिंह थारु, साहिदा बानो,मञ्जु मल्ल, निर्मला रोकाय, रामप्यारी यादव, भावना चौधरी, सुनिता आले, मिना सिद्धिकी, रितु श्रीवास्तव, सीता बिएम र सुशिला बादी संगठनमा आवद्ध हुनुभएको छ।
फोरमले कांग्रेस नेतृ एवम् कांग्रेसका तर्फबाट निर्वाचित भएका महिला जनप्रतिनिधीको ब्यक्तित्व तथा नेतृत्व विकासका साथै विभिन्न विषयमा वकालत गर्ने अध्यक्ष पुनले बताउनुभयो ।
राजनीतिमा आफुहरुलाई पुरुषहरुले पछाडी पार्ने काम गरेको उनीहरुको भनाई छ । हरेक काममा पुरुषले मात्रै अवसर पाउने र महिलालाई अझैपनि फरक दृष्टिकोणले हेर्ने प्रवृत्ती रहेकोले आगामी दिनहरुमा शसक्त भएर लाग्ने बताउनुभयो ।
भेलामा कांग्रेसको विभिन्न तहमा रहेका नेतृ, स्थानीय तहका उप-प्रमुख सहित महिला जनप्रतिनिधी लगायतको उपस्थिती रहेको बैजनाथ गाउँपालिका उपाध्यक्ष एवं एनसी ओमेन लिडरसिप सदस्य निर्मला रोकायले जानकारी दिनुभयो ।