Wednesday, February 5, 2025
spot_imgspot_img
Homeसमाजखेलकुदनमूना विद्या सदनको खेलकुद दिवस

नमूना विद्या सदनको खेलकुद दिवस

बाँके:कोहलपुर नगरपालिका ८ बाबानगरमा रहेको नमूना विद्या सदन ईङ्गिस मिडियम सेकेन्डरी स्कुल, संचालक समिति अध्यक्ष प्रकाश शाहको अध्यक्षतामा बिहिवार स्पोर्ट्स मिट-२०८१ शुरु गरेको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथी कोहलपुर नगरपालिका वडा ९ का अध्यक्ष उपेन्द्र नाथ योगीको प्रमुख आतिथ्यमा स्पोर्ट्स मिट-२०८१ उद्घाटन गर्नुभएको हो।

हरेक बर्ष विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ विभिन्न हासमा विद्यार्थीहरुलाई बिभाजन गरेर सोही समूह (हाउस)अनुसार प्रतिस्पर्धा गराउने गरिन्छ।

उद्घाटन सत्रमा विद्यार्थीहरुले मार्च पास गरेर प्रमुख अतिथिलाई सलामी दिएर सम्मान गरेका हुन् । नमूना विद्या सदनले आगामी कोहलपुर नगर स्तरीय मेयर कपको समेत झल्को दिने गरि शुरु गरेको कार्यक्रमलाई प्रमुख अतिथी यिगीले सम्बोधन गर्नुभएको थियो।

कोहलपुर क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नमूना विद्या सदनले खेलाडी उत्पादन गर्नेमा समेत टेवा पुर्याएको र मानिसको जिबनमा शिक्षा संगै खेलकुद अति आवश्यक भएकोले विद्यालयले शुरु गरेको स्पोर्ट्स मिटको सफलताको शुभकामना ब्यक्त गर्नुभएको प्रमुख अतिथिले बताउनुभएको विद्यालयका कार्यकारी निर्देशक शिव प्रसाद डाँगीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments