Wednesday, February 5, 2025
spot_imgspot_img
Homeसमाजकृषिबैजनाथमा लालपुर्जा बितरण गर्न बैठक सम्पन्न

बैजनाथमा लालपुर्जा बितरण गर्न बैठक सम्पन्न

बाँके:बैजनाथ गाउँपालिकाको आयोजनामा भुमी समस्या समाधान आयोग बाँकेका पदाधिकारीहरुसंग बैजनाथका भुमिहिन दलित सुकुम्बासी अव्यवस्थितलाई लालपुर्जा बितरण गर्न सहजीकरण बैठक सम्पन्न भएको बैजनाथ गाउँपालिकाले जानकारी दिएको छ।

उक्त सहजीकरण कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य सांसद निवर्तमान मन्त्री बादशाहा कुर्मी बिशिस्ट अतिथि राष्ट्रिय भुमी आयोग बाँके अध्यक्ष घननाथ खनाल, अतिथि बैजनाथ गाउँपालिका राजनैतिक दलका कृयाशिल सभापति एवं अध्यक्ष लगायत जनप्रतिनिधि,कर्मचारीको उपस्थिति रहेको थियो।     
बैजनाथ गाउँपालिकाभित्र रहेको भुमि सम्बन्धि समस्या समाधान गर्न सबै एकसाथ भएको उपस्थित सबैले प्रतिबद्धता जनाएका छन्। बैजनाथको स्थानीय सरकारले आफ्ना जनतालाई लालपुर्जा बितरण गर्न गरेको पहलकदमी स्वागत योग्य भएको राजनैतिक दलका प्रतिनिधिहरुले स्वागत सँगै जनताको हितमा हुन थालेको जनमैत्री कामका लागि स्थानीय सरकारको साथमा रहेको नेकपा माओवादी केन्द्र अध्यक्ष जय बहादुर बि क (प्रदिप)ले बताउनुभयो। आ आफ्नो ब्यक्तिगत र पार्टीको तर्फबाट हुने सहयोग सबै गर्ने प्रतिबद्धता ब्यक्त गर्ने सम्पुर्ण राजनैतिक दलका प्रतिनिधिहरुले एक्यवद्धता जनाएको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले स्थानीय बिकासमा सबै राजनैतिक दल स्थानीय समाजसेवी संघ संस्था लगाएत स्थानीय जनताको साथको लागि अनुरोध गर्नुभएको बैजनाथ ६ का वडा अध्यक्ष भुपाल पुन मगरले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments