परिचय

नेपालको प्रदेश नं. ५ अन्तर्गत पर्ने तराईको जिल्ला मध्ये बर्दिया जिल्ला एक हो । यस जिल्ला बिगतमा कोठियाघाट पुल निर्माण नहुँदा सम्म विकट मानिने गरिन्थ्यो । चारैतिरबाट कर्णाली नदिको दुईवटा भंगालोले घेरिएको यस क्षेत्र, जसलाई भवरा टप्पाको नामले पनि चिनिन्छ । यस क्षेत्र भित्र राजापुर नगरपालिका र गेरुवा गाउपालिका पर्दछन जसको जनसख्या करिब ३ लाख रहेको छ । यस क्षेत्रमा बिशेष गरी थारु जातिको बसोबास रहेको पाइन्छ ।पुर्वमा राजापुर नगरपालिका वडा १० खैरी चन्दनपुर गेरुवा नदी नेपालकै लामो पुल कोठियाघाट र पश्चिममा कर्णाली नदी राजापुर वडा नं. ४ राजापुर पर्दछ भने दक्षिणमा भारतको उत्तर प्रदेशको सिमाना क्षेत्र र उत्तरमा गेरुवा गाँउपालिकाको क्षेत्रहरु पर्दछन । बर्दिया राष्ट्रिय निकुञ्जको नजिक रहेको यस क्षेत्रमा बहुभाषी बहु–संस्कृतिक, बहु–धार्मिक क्षेत्र प्राकृतिक धरोहर तथा कृषिउपजले भरिएको क्षेत्र मान्न सकिन्छ । यस क्षेत्रका जनताहरु बिशेष गरी नेपाली, थारु, तथा हिन्दी भाषा बोल्ने गरेको पाइन्छ । साविकको राजापुर,दौलतपुर,बदालपुर,नयाँगाउ,भिम्मापुर,मानपुरटपरा,खैरी चन्दनपुर गाविसहरु लाई समेटी हाल राजापुर नगरपालिका र साविकको पाताभार,गोला, पशुपतिनगर,मनाउ गाविसलाई समेटी गेरुवा गाउपालिका समायोजना गरिएको छ ।नेपालकै आधुनिक चामल कारखाना,धान बिउ उत्पादन तथा बिज भण्डार,थारु कला संस्कृति तथा बन बन्यजन्तु र अन्नको भण्डारण यस क्षेत्रको गहनाको रुपमा रहेको छ ।
राज्यबाट सधै पछाडी परेको यस भवरा टापु भनेर चिनिने राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका जनताहरुले आफ्नो सञ्चार गृह नपाउदा बाहिरी सञ्चार गृहको मुख ताक्नु पर्ने गरेको अवस्थामा मिति २०७२ साल फागुन १६ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा ३१ नं.मादर्ता भई आएको समुदायको आवाज कोठियाघाट राष्ट्रिय साप्ताहिकले स्थानीय स्तरमा उठेका जनताका आवाजहरुलाई र समुदायमा भएका समाचारहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुराउने सोचले कोठियाघाट अनलाईन पत्रिका स्थापना गर्ने जमर्को गरेको हो । पत्रिका संचालन गर्न धौ–धौ भइरहेको समयममा अनलाईन पत्रिका संचालन गर्न आफैमा एउटा चुनौतीपूर्ण छ । छोटो समयमा नै स्थानीय स्तरमा स्थापित हुन सफल यस पत्रिकालाई अब अनलाईन पत्रिकामा लैजानु पर्ने माग अनुसार आवश्यक ठानी कोठियाघाट अनलाईन संचालन गर्ने जमर्को गरेका छौ ।
यस अनलाईन मार्फत देश विदेशमा रहनु भएको दाजु भाई दिदी बहिनीहरुलाई यस भौरा टापुको वारेमा जानकारी दिने र समाजमा सचेतना अभिबृद्धि गर्ने, पर्यटन प्रवद्र्धनको बिकासमा टेवा पुराउने, कृषिकहरुलाई कृषि सम्बन्धी जानकारी गराउने, लागु औषध दुर्वेसन तथा घरेलु हिंसा न्युनिकरणमा टेवा पुराउने र आवश्यक सामाग्रीहरु प्रकासन गर्ने उद्देश्य रहेको छ ।
मानव जीवनमा शिक्षाको अपरिहार्य महत्व रहन्छ, शिक्षाले मानिसलाई सचेत शिष्ट र मर्यादित बनाउँछ । शिक्षाले व्यक्तिमा राष्ट्रिय भक्तिको भावना , नैतिक आत्मियता, उन्नयन, सास्कृतिक सचेतनामा अभिवृद्धि गराउँछ । शिक्षा राष्ट्र विकासको महत्वपूर्ण आधार भएकोले शिक्षाका विषयवस्तुमा पनि जोड दिइने छ।
सकारात्मक सोचले समाज र राष्ट्रलाई सहि बाटो तर्फ लैजान सकिन्छ भन्ने भनाईलाई मनन् गर्दै सकारात्मक पक्षका बिषयलाई उजागर गर्ने, नेपालकै लामो पुल रहेको कोठियाघाट जुन पुल निर्माण पछि भौरा टप्पा क्षेत्रमा बसोवास गर्ने जनताहरुको समस्यालाई समाधान गर्न सफल भएको छ त्यसैगरी यस भौरा टप्पा क्षेत्रको विकास निर्माण तथा समस्या समाधान गर्न आगामी दिनमा यस पत्रिकाको भुमिका पनि रहने विश्वासका साथ यस पत्रिकाको नाम पनि कोठियाघाट राखेको जानकारी दिन चाहन्छौ । सकारात्मक सोचले समाज राष्ट्र र जनताहरुमा पनि सकारात्मक सोचको विकास हुदै जाने भनाई प्रति मनन् गर्दै यस पत्रिकामा सकारात्मक पक्ष र राष्ट्रिय हितका बिषयवस्तुहरुको खोजी गरी प्रकाशन गर्ने प्रयास गर्ने छौ ।