Sunday, November 24, 2024
spot_imgspot_img
Homeसमाजचार्टर नाइट तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

चार्टर नाइट तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपालगंज सम्वाददाता, असार ६ बुधबार ।

लायन्स क्लब अफ नेपालगंज सनराईजको २०२३-२०२४ को लागि प्रसन्न श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

बुधबार सम्पन्न भएको प्रथम क्लब स्थापना दिवस र आन्तरिक पद हस्तान्तरण कार्यक्रम गर्दै श्रेष्ठको अध्यक्षतामा २०२३-२०२४ को लागी नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिमा अध्यक्ष प्रसन्न श्रेष्ठ संगै चाटर्ड अध्यक्ष गणेश पाठक, पहिलो उपाध्यक्ष सन्तोष शाह, दोस्रो उपाध्यक्ष बिमल गौतम, सचिवमा हरि लामिछाने हार्दिक र कोषाध्यक्षमा प्रकाश थापा चयन भएका छन् ।

त्यस्तै लायन्स क्लब अफ नेपालगंज सनराईजले लायन्स वर्ष २०२२- ०२३ मा ब्लड डोनेशन, निशुल्क स्वास्थ्य परिक्षण, बृक्षारोपण, नेत्रहिन बालबालिकाहरु लाई न्यानोकपडा वितरण जस्ता कार्यक्रमहरु गरिएको चाटर्ड अध्यक्ष लायन गणेश पाठकले जानकारी गराउनुभएको छ ।

साथै कार्यक्रममा क्लबद्वारा एक लियो क्लब लियो क्लब अफ नेपालगंज सनराईज स्थापना घोषण गरिएको छ ।

यस वर्ष हामि सबै मिली हातेमालो गरी समाज सेवा गर्दै यस क्लबलाई उत्कृष्ट बनाउने क्लब अध्यक्ष लायन प्रसन्न श्रेष्ठले प्रतिद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा अतिथिको रुपमा यस क्षेत्रका लायन्स अग्रजहरु र विभिनन लायसन्स क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments