YCLअखिल क्रातिकारी द्वारा निरन्तर : नि:शुल्क शव ब्यवस्थापन
कोहलपुर
प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिवार
कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिहरुको शव कोहलपुरमै ब्यवस्थापन गरिने भएको छ ।
माओवादी केन्द्र कोहलपुर नगर कमिटिले पहलमा वाइसीएल र अखिल क्रान्तिकारी को सक्रियतामा कोरोना संक्रमणबाट ज्यान गुमाएका ब्यक्तिहरुको शव ब्यवस्थापन अभियान संचालन गरेको वाइसीएल जिल्ला अध्यक्ष आकाश कार्की ले जानकारी गरायका छन ।
स्थानिय सरकारले उक्त स्थानलाई आर्यघाटका रुपमा बिकास गर्ने घोषणा गरीसकेकाले आफुहरुले सोही स्थानमा शव ब्यवस्थापन सुरु गरेकोर यस्ता किसिमको सामाजिक कामहरुमा आफुर आफ्नो संगठन निरन्तर रुपमा लागि राख्ने विद्यार्थी नेता महेश बस्नेतले बतायकाछन ।
कोरोनाबाट ज्यान गुमाएका ब्यक्तिहरुको शव ब्यवस्थापनमा निक्कै समस्या देखिएपछि माओवादी केन्द्र नगर पार्टीको पहलर युवा र बिद्यार्थीको निरन्तर सक्रियतामा कोहलपुर नगरपालिका ११ स्थित क्रिकेट मैदानको डुडुवा खोलामा शव ब्यवस्थापन सुरु गरेको बताउछन सब व्यवस्थापन संयोजक तथा नगर पाटी सचीव बल बहादुर खड्काले बताएका छ्न ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि बाँकेभित्रै तथा बाहिरी जिल्लाबाट समेत उपचारकालागि कोहलपुर आएका ब्यक्तिहरुको शव ब्यवस्थापनमा समस्या देखापरेको थियो । कोरोना संक्रमित ब्यक्तिको शव सम्बन्धित जिल्ला लैजान प्राविधिक रुपमा कठिनाई हुने भएपछि अधिकाशंले बाँकेकै बिभिन्न घाटमा शवको दाहसंस्कार गर्दै गर्दा विभिन्न किसिमको समस्या हरु झेल्दै आएका थिए । कोरोनाको उपचारकालागि बाहिरी जिल्लाबाट आएका र आर्थिक रुपमा समेत विपन्न ब्यक्तिहरुलाई मध्यनजर गर्दै कोहलपुरमा नि:शुल्क शव ब्यवस्थापन सुरु गरीएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेले जानकारी दिए । र कोहि कसैलाई पनि केहि सहयोग चाहियमा हामिलाई सम्झन अनुरोध समेत गरेकाछ्न